प्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन

प्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन

कपन अनलाइन

काठमाण्डौ,माघ २३।

भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । ‘स्वर कोकिला’ उपनामले चिनिने लताको आज सरस्वती पूजाकै दिन निधन भएको हो ।

मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारको क्रममा आज बिहान लताको निधन भएको प्रेस ट्रष्ट अफ इण्डियाले जनाएको छ ।कोरोना संक्रमण भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । केही दिनयता उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

तपाइँको प्रतिक्रिया ।