श्रीमानले बनाएको सरकारकाले संविधानको व्यवस्थालाई उल्लघंन गर्यो : ईश्वर पोखरेल

श्रीमानले बनाएको सरकारकाले संविधानको व्यवस्थालाई उल्लघंन गर्यो : ईश्वर पोखरेल

कपन अनलाइन

काठमाण्डौ ,माघ २३।

प्रेस चौतारीको २४ औँ स्थापना दिवसको समारोहलाई सम्बोधन गर्दै नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले श्रीमानले बनाएको सरकारका प्रधानमन्त्रीले संविधानमा किटानी गरिएको व्यवस्थालाई उल्लघंन गरेको बताएका छन।

‘श्रीमानले बनाएको सरकारका प्रधानमन्त्रीले संविधानमा किटानी गरिएको व्यवस्थालाई उल्लघंन गर्ने धृष्टता गर्दै छन् । कानुनलाई उल्लघंन गर्ने धृष्टता कादापी स्वीकार्य हुने छैन ।’ सरकार बेलैमा नसच्चिए एमालेले आन्दोलन गर्ने नेता पोखरेललेको भनाइ छ ।

सो अवसरमा पोखरेलले  राजनीतिक दलले निर्वाचनताका सार्वजनिक गर्ने चुनावी घोषणापत्रको कार्यान्वयन र प्रतिवद्धताबारेमा पत्रकारले कलम चलाउनुपर्ने बताए । उनले राजनीतिक दललाई जिम्मेवार बनाउने कार्यमा पत्रकारले भूमिका खेल्नुपर्ने बताए ।नेता पोखरेलले देशको आर्थिक समृद्धि तथा राष्ट्रिय स्वाभिमानको मुद्दामा पत्रकारले दवावमुलक अभियान चलाउन आवश्यक रहेको बताए ।

मुलुक निर्वाचनको दिशामा उन्मुख भइसकेकाले त्यसका लागि सबैले सकारात्मक दवाव दिनुपर्ने उनको भनाइ थियो ।पोखरेलले निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा गर्न आग्रह गर्दा पनि सरकारले घोषणा नगरेको बताए ।

सरकारले समयमा निर्वाचन मिति घोषणा नगरे एमालेले देशव्यापी शान्तिपूर्ण दवावको कार्यक्रम शुरु गर्ने उनले बताए ।मुलुकलाई आर्थिक समृद्धितर्फ लैजान स्पष्ट योजनाका साथ अघि बढ्न सरकालाई सुझाव समेत नेता पोखरेलले दिएका छन् ।

त्यस्तै, उनले सत्तारुढ पाँच दलीय गठबन्धन विचारको समानता नभएको झुण्ड भएको बताए । ‘यो सरकार र गठबन्धन मुलुकको बिकास र समृद्धिको बिरुद्धमा छ, संबिधानअनुसार गर्नुपर्ने सवै काम नगर्ने सुनियोजित षडयन्त्रमा छ,’ बरिष्ठ उपाध्यक्ष पोखरेलले भने ।

तपाइँको प्रतिक्रिया ।