आजको मौसम पूर्वानुमान : देशैभर मौसम सफा रहने

आजको मौसम पूर्वानुमान : देशैभर मौसम सफा रहने

कपन अनलाइन

काठमाण्डौ ,माघ २३।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार सामान्यतया देशैभर मौसम सफा रहनेछ ।

केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसम प्रभावित भई हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात र देशभर पानी परेको थियो ।

मौसमी प्रणालीमा सुधार भएसँगै अब हिमपात र वर्षा पनि बिस्तारै कम हुँदै जाने मौसम पूर्वानुमा महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आइतबार दिउँसो मौसम सफा नै रहनेछ भने राति प्रदेश १ र बागमतीमा आंशिकदेखि सामान्य बदली हुनेछ ।

तपाइँको प्रतिक्रिया ।