ललितपुर महानगरपालिकाका स्थानीय स्काउटको दीक्षान्त समारोह सम्पन्न

ललितपुर महानगरपालिकाका  स्थानीय स्काउटको दीक्षान्त समारोह सम्पन्न

कपन अनलाइन

ललितपुर , माघ २२ / नविना श्रेष्ठ

ललितपुर महानगरपालिका स्थानीय स्काउटको दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा नेपाल स्काउट ललितपुर महानगरपालिकाका स्थानीय परिषद अध्यक्ष एवम् ललितपुर महानगरपालिकाका उप प्रमुख गीता सत्याललाई नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले दीक्षा दिइएको हो।

कार्यक्रममा बोल्दै राष्ट्रिय संयोजक भण्डारीले नेपाल स्काउटको बिकास र प्रवर्धनमा ललितपुर महानगरपालिका उदारणीय हुने र स्थानीय स्काउट अध्यक्षको पहलकदमी तथा सहयोगमा सम्पूर्ण स्थानीय निकायमा स्काउटिङ्ग गतिविधि व्यापक हुने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिका उप प्रमुख तथा ललितपुर महानगरपालिकाका स्थानीय परिषद अध्यक्ष गीता सत्यालले दीक्षित हुन पाएकोमा खुसी ब्यक्त गर्दै कोभिड महामारीमा नेपाल स्काउट, ललितपुर महानगरपालिकाका स्थानीय स्काउट कार्यालय र स्वयंसेवकहरुले पु¥याएको सेवाको मुक्तकण्ठले प्रसंसा गरेका थिए।

आगामी दिनमा विपद व्यवस्थापन, महिला तथा बालवालिकाका क्षेत्रमा काम गर्दा प्लान ए, प्लान बि, प्लान सि कार्यक्रमहरु बनाएर महानगरपालिका र स्थानीय स्काउटसंग हातेमालो गर्दै अधि बढने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए ।
त्यस्तैगरी नेपाल स्काउटका निर्देशक राम प्रसाद भट्टराईले तत्कालीन ललितपुर जिल्ला स्काउटले स्थापनाकालदेखि नै स्काउटिङ्ग अभियानमा अग्रणी भुमिका निर्वाह गर्दै आइरहेको स्मरण गराउनु भयो । साथै उहाँले स्काउटिङ्ग मार्फत बालबालिका तथा युवाहरुलाई ब्यवहारिक शिक्षा प्रदान गरिने हुनाले स्काउटिङ्ग मार्फत देशका लागि आवश्यक योग्य एवम् दक्ष जनशक्ति निर्माण गर्न सकिने बताए।

सोहि अवसरमा राष्ट्रिय संयोजक लोक बहादुर भण्डारी र ललितपुर महानगरपालिका उप प्रमुख तथा ललितपुर महानगरपालिकाका स्थानीय स्काउट परिषद अध्यक्ष गीता सत्यालले स्थानीय स्काउट तर्दथ समिति सदस्य पवन कोइरालाको नेतृत्वमा COVID 19 Awareness and SMS behavior reinforcement कार्यक्रमको सयुंक्त रुपमा, माक्स र स्यानिटाईजर हस्तान्तरण गरेर, उद्धाटन गरेको थियो।
कार्यक्रममा बागमती प्रदेश संयोजक केशरत्न बज्राचार्य WOSM Consultant देवराज घिमिरे लगायत बागमती प्रदेश समितिका सदस्यहरु शरण महर्जन, प्रकाशराज पाण्डे, ललितपुर महानगरपालिका संयोजक गोपाल महर्जन, स्थानीय स्काउट समिति सदस्य सबुता महर्जनको उपस्थिति रहेको थियो।

तपाइँको प्रतिक्रिया ।