कीर्तिपुर नगरपालिकाले गर्यो कर्मचारीहरूका लागि क्षमता अभिवृद्धि तालिम

कीर्तिपुर नगरपालिकाले गर्यो कर्मचारीहरूका लागि क्षमता अभिवृद्धि  तालिम

कपन अनलाइन 

काठमाडौँ माघ २२।कीर्तिपुर नगरपालिकाले  कर्मचारीहरूका लागि क्षमता अभिवृद्धि कार्यक्रम  संचालन गरेको छ ।  शुक्रबार काभ्रेको धुलिखेल स्थित होटल सारथिमा कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले उद्घाटन  गरेको  उक्त क्षमता अभिवृद्धि कार्यक्रम शनिवारसम्म  चल्नेछ  ।

कार्यक्रममा कीर्तिपुर नगरपालिकालाई प्रविधि मैत्री बनाउने योजनाका साथ अगाडि बढिरहेको कामलाई थप टेवा पुग्ने गरी नगरपालिकामा पञ्जिकरण लगायतका कामका साथै नगरपालिकाले उपलब्ध गराउने सम्पूर्ण सिफारिसहरूलाई अनलाईन मार्फत सेवाग्राहीलाई उपलब्ध गराउन बनाएको सफ्टवेयरका बारेमा जानकारी गराउने र उक्त सफ्टवेयर चलाउन सिकाइने आयोजकले जानकारी गराएको  छ ।

सफ्टवेयर सञ्चालनमा आएपछि कर्मचारीहरू पनि कार्यालय समय भनेर १० बजे देखि ५ बजेसम्म नै कार्यालय बस्नु पर्ने बाध्यता नहुने र सेवाग्राही पनि आफूलाई चाहिने सिफारिसहरू अनलाइन मार्फत नै आफ्नै मोबाइल÷कम्युटरमा पाउन सकिने  बिश्वास गरिएको छ  ।कार्यक्रममा कीर्तिपुर नगरपालिकाका उप–प्रमुख सरस्वती खड्काले स्वागत  मन्तब्य  राखेको कार्यक्रममा  कीर्तिपुर नगरपालिकाका १० वटै वडाका वडा सचिवहरू, सामाजिक परिचालिकाहरू, नगरपालिकाका सम्पूर्ण शाखा प्रमुखहरू लगायतको उपस्थिति रहेको छ ।

फोटो सौजन्य: नगर संदेश
तपाइँको प्रतिक्रिया ।