नागार्जुन नगरपालिकाको राष्ट्रिय परिचय पत्र सम्बन्धी सार्वजनिक सुचना
कपन अनलाइन
काठमाडौँ ,माघ २२ । नागार्जुन नगरपालिकाले राष्ट्रिय परिचय पत्र सम्बन्धि सार्वजनिक सुचना जारी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगरले जारि गरेको उक्त सुचनामा नागार्जुन नगरपालिकामा मिति २०७८ साल माघ २० गते द्केही नागरिकको वैयक्तिक तथा जैविक बिवरण समेत भएको रास्ट्रिय परिचय पत्र वितरणका लागि बिवरण प्रविष्ट गर्ने कार्य संचालन हुने भएको हुड्ना नागार्जुन नगरपालिकाको स्थायी बासिन्दा तथा तत्काल विधुतीय राहदानी बनाउन आवश्यक भएका नगरिकहरुले आवश्यक कागजातका साथै प्रविष्ट गराउन हुन् सम्बन्धित सबैलाई सार्वजनिक सुचना मार्फत अनुरोध गरिएको छ माघ २० गते देखि सार्वजनिक बिदाको दिन बाहेक कार्यालय खुल्ने दिन कार्यालय समयभित्र नागार्जुन नगरपालिकाको कार्यालय हरिसिद्दि सितापाइलामा जानु पर्ने उल्लेख गरिएको छ ।
आवश्यक कागजातहरु:
१)नेपाली नागरिकताको सक्कलै प्रमाणपत्र
२) नागरिकता प्रमाणपत्रमा जम्न मिति नखुलेको हकमा सो खुल्ने प्रमाणपत्र
३) राहदानी लिएको भए सो को सक्कल
४ ) बसाइ सराइ गरेको भए सो को सक्कल प्रमाणपत्र
५) विवाहिताको हकमा नागरिकतामा पति वा पत्नीको नाम उल्लेख नभएमा बिवाह दर्ता प्रमाणपत्र वा नाता खुल्ने प्रमाणको सक्कल
६) एकल महिला /बिदुरको हकमा पति वा पत्नीको मृत्यु दर्ताको सक्कल प्रति अनिवार्य ल्याउनु पर्ने
साथै दैनिक ३५ जनाको मात्र बिवरण संकलन गरिने समेत उल्लेख गरिएको छ ।