क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ३ जना पक्राउ
कपन अनलाइन
काठमाण्डौ , माघ २०।
दाङबाट क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही बस्दै आएका रोल्पा इरिबाङका कमल थापा, घोराही बुद्धि ग्यारेज नजिकै रहेको तोला होटलका सञ्चालक रोल्पाकै दिपक बोहोरा र रोल्पा होलेरी घर भइ हाल घोराही रतनपुरका सन्तोष श्रेष्ठ रहेका छन् ।
पक्राउ परेका उनीहरुले आफ्नै परिवारभित्रबाट १७ हजारको प्याकेज अन्तरगतको अनलाइन नेटवर्किङमार्फत कारोबार गरिरहेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।
उनीहरुले गरेको कारोबारको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । क्रिप्टोकरेन्सीको कारोबार गरिरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
तपाइँको प्रतिक्रिया ।