नेकपा एमालको सचिवालय बैठक ७ वटा महत्वपूर्ण निर्णयहरु गर्दैै सम्पन्न
कपन अनलाइन
काठमाण्डौ , माघ २०।
नेकपा एमालको सचिवालय बैठक ७ वटा महत्वपूर्ण निर्णयहरु गर्दैै सम्पन्न भएको छ ।आज भक्तपुरमा बसेको सचिवालय बैठकले ७ वटा निर्णयहरु गरेको एमालेले जनाएको छ ।
आज सम्पन्न नेकपा एमाले केन्द्रीय सचिवालय बैठकका निर्णयहरु:
१. पार्टी पंक्तिलाई स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित गर्ने ।
२. प्रदेश अधिवेशनहरू स्थानीय निर्वाचनपछि गर्ने ।
३. अधिबेशन हुन बाकी जिल्लाहरुको अधिवेशनस्थानीय निर्वाचन अघि नै सम्पन्न गर्ने ।
४. स्थानीय निर्वाचनमा केन्द्रित भई केन्द्रीय र प्रदेशस्तरमा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने ।
५. युवा, विद्यार्थी, महिला र किसानबाहेकका जनसंगठनहरुका राष्ट्रिय अधिवेशनहरू तोकिएकै मितिमा गर्ने ।
६. पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका सुझावसहित पारित गरेको छ ।
७. बैठकले केन्द्रीय प्रचार तथा प्रकाशन, उद्योग, वाणिज्य तथा आपूर्ति विभाग, पार्टी स्कुल विभाग, सहकारी तथा गरिबी निवारण विभाग र स्थानीय तह विभागमा सदस्यहरू मनोनयन समेत गरिएको छ ।