जनदवाव पछी टालटुल पारेपनि सुधार भएन बुढानिलकण्ठ मुल सडक,स्थानीयहरु आक्रोसित

जनदवाव पछी टालटुल पारेपनि सुधार भएन बुढानिलकण्ठ मुल सडक,स्थानीयहरु आक्रोसित

कपन अनलाइन

काठमाण्डौ , माघ २०।

बुढानिलकण्ठ नगरपालिकाका स्थानीयहरुले  जिर्ण सडक निर्माणको माग राख्दै असोज २६ गते फूलपातीका दिन प्रदर्शनमा उत्रिएका थिए ।  काठमाण्डौको  पुरानो मध्येको सो सडकमा खाल्डाखुल्डी र धुलो अत्याधिक बढ्दा यसले बहुआयामिक असर परेको विभिन्न प्ले कार्ड ,ब्यानर र अन्य सामाग्री बोकेर स्थानीयहरु सडकमा आएपछि सरकारले टालटुल गरेजस्तो गरेको थियो।

निकै लामो समयदेखि निर्माणाधीन रहेको नारायण गोपाल चोक-बुढानिलकण्ठ मूल सडक अलपत्र पर्दा धुलो र धुँवाले आजित भएको भन्दै स्थानीय जनताहरुले संघर्ष समिती गठन गरेर -प्रदर्शन आएको भएपनि प्रधानमन्त्री शेर बहादुर देउवाको गाउँ जाने मुख्य सडकको अवस्था भने निकै जिर्ण र जोखिम युक्त रहेको छ।   ।

देशका उच्च पदस्त र प्रभावशाली व्यक्तित्वहरुको बसोवास रहेको बुढानिलकण्ठ नगरपालिकाको मूल सडकमा नै खाल्डाखुल्डी र धुलो अत्याधिक बढ्दा यसले बहुआयामिक असर परेको भन्दै  पुन संघर्ष थाल्ने तयारी गरेको एक सडक पिडित स्थानीयले जानकारी दिएका छन।

कहिले रि प्याचिंगका नाममा ,कहिले तार व्यवस्थापनका नाममा सो सडक सधै जिर्ण बनाउने खेल भएको भन्दै आक्रोसित बनेका स्थानियहरु अव निर्णायक दवाव मुलक कार्यक्रम गर्ने उनले बताएका छन।

तपाइँको प्रतिक्रिया ।