बन्दका कारण देशभरको जनजीवन प्रभावित, मोर्चाका दर्जनौ कार्यकर्ता पक्राउ

बन्दका कारण देशभरको जनजीवन प्रभावित, मोर्चाका दर्जनौ कार्यकर्ता पक्राउ

काठमाडौ, २४ चैत। सत्ताधारी दललाई सहमतिका लागि दवाव दिन भन्दै एकीकृत माओवादी नेतृत्वको ३० दलीय विपक्षी मोर्चाले आव्हान गरेको बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ ।

11033714_615319605236894_1419520988_o
संविधानका विवादित विषयमा काङ्ग्रेस–एमाले लगायतका दल प्रक्रियामा जान खोजेका कारण उनीहरुलाई सहमतिका लागि दवाव दिन बन्द गर्नु परेको मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिनुभयो ।
राजधानी लगायतका बिभिन्न जिल्लामा बन्दकर्ताहरु चोकचोकमा भेला भएर बन्द गराउँदै हिडेका छन् । भित्री टोल र गल्लीहरुमा पनि बन्दकर्ताहरुले पसलहरु बन्द गराउँदै हिडेका छन् ।
बन्दकर्ताहरुलाई प्रहरीले राजधानीका विभिन्न ठाउँबाट पक्राउ गरेको छ । काठमाडौंको बिजुली बजार बुद्धनगरमा बन्दकर्ताहरुले बा १ च ९४८७ नम्बरको पाउरोटी बोकेको भ्यानमा तोडफोड गरेका छन् ।

प्रहरीले दुई जनालाई बुद्धनगरबाट पक्राउ गरेको जनाएको छ । एकीकृत माओवादीका काठमाडौ जिल्ला अध्यक्ष तथा अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष हिमाल शर्मा, एमाओवादी काठमाडौ सचिव रेणु दाहाल, क्रान्तिकारीका सुरेन्द्र बस्नेतलाई पनि प्रहरीले विजुलीबजार पुलबाट पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुलाई तीन कुने प्रहरीमा राखिएको छ । बालकुमारीमा पनि बन्दकर्ताहरुले एउटा ट्याक्सीमा आगजनी गरेका छन् ।

बाँकेका पनि बन्दको प्रभाव
बाँके । एकीकृत नेकपा माओवादीसहितका ३० दलीय गठबन्धनले गरेको आमहड्तालको पहिलो दिन आज विहानैदेखि बा“केको जनजीवन प्रभावित भएको छ । बन्दकर्ताहरु बिहानैदेखि नेपालगन्ज र कोहलपुरका विभिन्न ठाउ“हरुमा जम्मा भएर प्रदर्शन गरिरहेका छन् ।
बन्दकर्ताले बन्दको अवज्ञा गरेको भन्दै भे १ ख ११११ नम्बरको काञ्जिरोवा उच्च मावि कोहलपुरको बस तोडफोड गरेका छन् । विद्यार्थी लिन जा“दै गर्दा कोहलपुर चौराहा नजिक बन्दकर्ताले बसको अगाडीको शिशा फुटाएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
बन्दका कारण नेपालगन्जबाट बाहिरिने र भित्रिने लामो तथा छोटो दुरीका कुनै पनी सवारी साधानहरु सञ्चालनमा आउन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बा“केले जनाएको छ ।
बन्दकर्ता विभिन्न ठाउ“हरुमा जम्मा भएर बन्द गराउ“दै हिडेका छन् । विहानैदेखि यातायात, उद्योग कलकारखाना, बजार, शैक्षिक संस्था बन्द छन् । बन्दको समयमा कुनै अप्रिय घटना घट्न नदिन चोकचोकमा ठुलो सख्ङ्यामा नेपाल प्रहरी र शशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रह्री कार्यालय बा“केले जनाएको छ ।


पोखरामा ४ जना बन्दकर्ता पक्राउ

पोखरा । ३० दलीय मोर्चाले आह्वान गरेको बनदको प्रभाव पोखरामा पनि परेको छ ।
लामो तथा छोटो दुरीका सवारी साधन शैक्षिक सस्था , बजार ,कलकारखान कुनै पनि खुलेका छैन् भने प्रहरीले ४ जना बन्दकर्ता लाई पोखराको चाइनापुलबाट पक्राउ गरेको छ । सन्तोष सुनाम ,बम बहादुर कार्की ,अशोकजङ प्रसाई ,सुधाम राईलाई प्रहरीले पक्राउ गरेको एमाओबादीका नेता सुमन देवकोटाले जानकारी दिनु भएको छ ।
आफ्ना पक्राउ परेका नेता कार्यकर्ता लाई १ घण्टा भित्र नछाडे आफुहरु कडा आन्दोलनमा उत्रने एमाओबादीले जनाएको  छ । प्रहरीले स्कर्टीङ गरेर ल्याएको गाडीलाई चाइना पुलमा ढुङा प्रहार गरेको भन्दै  चार जनालाई पक्राउ गरेको  जनाएको छ ।

 आम हड्तालको प्रभाव सल्यानमा पनि
सल्यान । विपक्षी मोर्चाले गरेको बन्दको कारण आज विहानैदेखि सल्यानको जनजीवन प्रभावित भएको छ ।
सल्यान भित्रने र जिल्लाबाट बाहिरिने कुनै पनि सवारी साधनहरु चल्न सकेका छैनन् भने बजार, शैक्षिक संस्था सबै ठप्प रहेका छन् । बन्दकर्ताले कपुरकोटमा ढुंगामुडा राखेर सडक अबरुद्ध पारेका छन् ।
झापा २४ चैत । ३० दलीय मोर्चाले आह्वान गरेको बन्दका कारण झापामा कुनै पनि सवारीका साधन चलेका छैनन ।
रातिको समयमा समेत सवारी साधन चल्न नदिने एनेकपा माओबादीका केन्द्रीय सदस्य झलक सिं दर्लामीले जानकारी दिनुभयो ।
बन्दका क्रममा अत्यावश्यक प्रेस, कुटनितिक नियोगका सवारी, एम्बुलेन्स, दुध बोक्ने गाडी भने सञ्चालनमा अवरोध नगर्ने एमाओबादी झापाका अध्यक्ष धर्मशीला चापागाईले बताउनुभयो ।

मोटरसाइकलमा आजगनी
भैरहवा । तीस दलीय मोर्चाको आम अड्तालका कारण आज बिहानैदेखि रुपन्देहीको जनजीवन पनि प्रभाबित भएको छ ।
लामो तथा छोटो दूरीका सवारी साधन चलेका छैन्न भने उद्योग कलकारखाना विद्यालय बजार सबै ठप्प छ ।
आन्दोलनकारीले बिहान भैरहवाको बर्मेलिटोलमा भारतीय युपि ५६ जे २७०७ नम्बरको मोटरसाईकलमा आगजनी गरेका छन् ।

यात्रुवाहक बसमा तोडफोड

गौशाला, २४ चैत । तीस दलीय मोर्चाका नेता कार्यकर्ताले आज बिहान महोत्तरीको सदरमुकाम जलेश्वरमा एक यात्रुवाहक बसमा तोडफोड गरेका छन् ।
बन्दको अवज्ञा गरेको भन्दै सयौँको सङ्ख्यामा रहेका मोर्चाका नेता कार्यकर्ताले जलेश्वर नगरपालिका चौकमा ज.१ख६५९ नम्बरको मुना डिलक्स बसमा तोडफोड गरेका हुन् ।
तीस दलको तीनदिने बन्दी रहेको बेला पनि आज बिहान जिल्लाको सम्सीबाट यात्रु बोकेर आएको सो बसलाई मोर्चाका कार्यकर्ताले ढुङ्गामुढा प्रहार गर्दै तोडफोड गरेका हुन् । मोर्चाको बन्दका कारण आज बिहानैदेखि महोत्तरीको जनजीवन प्रभावित बनेको छ भने कुनै पनि यातायातका साधन चलेका छैनन् ।
यसैबीच मोर्चाका नेता कार्यकर्ताले जिल्लाको सदरमुकाम जलेश्वरलगायत बर्दिबास, गौशाला, मटिहानी, सम्सी, पिपरालगायत ठाउँमा पसल, बजार, कलकारखाना र उद्योगधन्दा बन्द गराउँदै हिँडेका छन् ।

बन्दका कारण धौलागिरिका तीन जिल्ला ठप्प, मुस्ताङमा भने प्रभाव परेन

म्याग्दी, २४ चैत । एनेकपा (माओवादी) सहितको ३० दलीय मोर्चाको संयुक्त आम हड्तालको पहिलो दिन आज धौलागिरिका म्याग्दी, बागलुङ र पर्वत तीन जिल्ला पूर्णरूपमा बन्द रहेका छन् भने हिमालपारिको जिल्ला मुस्ताङमा भने बन्दको कुनै प्रभाव परेको छैन ।
आज बिहानैदेखि म्याग्दी, बागलुङ र पर्वतमा यातायातका साधनहरू गुडेका छैनन्, पसल, उद्योग, कलकारखाना र शैक्षिक संस्था बन्द भएका छन् भने लामो दूरीका सवारीसाधन नचल्दा यात्रु प्रभावित बनेका छन् । हिमालपारिको जिल्ला मुस्ताङमा भने यातायातका साधन पनि सञ्चालन रहेका र बन्दको कुनै प्रभाव नपरेको जनाइएको छ ।

तपाइँको प्रतिक्रिया ।