ओखलढुंगामा दुई विकास योजना शिलान्यास

ओखलढुंगामा दुई विकास योजना शिलान्यास

कपन अनलाइन

ओखलढुंगा ,माघ १५।

ओखलढुंगामा  दुईवटा विकास  योजना शिलान्यास गरिएको छ । जिल्लाको निर्वाचन क्षेत्र (क) का प्रदेश सभा सदस्य  तथा प्रदेश १ का पूर्वमन्त्री अम्बिरबाबु गुरुङले शुक्रबार सिद्धिचरण नगरपालिकाको ठाडेमा उच्चस्तरीय चक्रपथको दोस्रो खण्ड र खार्ते खोलामा बन्ने मोटरेवल पुलको शिलान्यास गरेका छन  ।

निर्वाचन क्षेत्र भित्रका सबै वडालाई जोड्ने उच्चस्तरीय रिङरोडको ठाडे–जन्तरखानी–नलिडाँडा–पात्ले–टाक्सीन्दु–भुसिंगा–रावादोलु सडक खण्डको शुक्रबार ठाडेमा शिलान्यास गरिएको हो ।

६ करोड १९ लाख ७ हजार ५ सय ४९ रुपैंया २८ पैसाको लागतमा ५ किलो मिटर सडक ग्राभेल हुनेछ । उक्त सडकको चौडाइ ८ मिटरको हुनेछ । यो कामको ठेक्का महालक्ष्मी कन्ट्रक्सन कन्सर्नले पाएको छ । महालक्ष्मी कन्ट्रक्सनले रिङरोडको पहिलो खण्ड रुम्जाटार–देउराली सडक निर्माण गरेको थियो ।

शुक्रबार नै रुम्जाटार–कुइभिर सडकखण्डमा पर्ने खार्तेखोला पुल शिलान्यास गरिएको छ । १ वर्ष भित्र निर्माण सम्पन्न गर्नेगरी ठेक्का लागेको पुलको पूर्व मन्त्री गुरुङले शिलान्यास गरेका हुन् । २ करोड ५६ लाख, ८५ हजार ८ सय १३ रुपैंया ७५ पैसामा २०७९ मंसिर २० भित्र निर्माण सक्नेगरर िके.एम.ईन्जिनियर्स विल्डर्स प्रा.लि काठमाडौले ठेक्का लिएको छ ।

आयोजना शिलान्यास कार्यक्रममा सिद्धिचरण नगरपालिकाका उपप्रमुख इच्छाकुमारी गुरुङ, एमाले जिल्ला अध्यक्ष शंकर कट्वाल, सचिव कमल न्यौपाने, उपसचिव अशोक थापा लगाएत सहभागि थिए ।

तपाइँको प्रतिक्रिया ।