काठमाण्डौ महानगर सहित आठ नगरपालिकामा प्याव्सनको ज्ञापन पत्र, विद्यालय खोल्न माग

कपन अनलाइन

काठमाण्डौ ,माघ १४।

काठमाण्डौ महानगर सहित आठ नगरपालिकामा प्याव्सनले  ज्ञापन पत्र बुझाउदै खोप लगाई सकेका उमेर समुहका विद्यार्थीहरुलाई भौतिक रुपमा पठन पाठन गर्न पाउनुपर्ने माग राखेको छ।

आज काठमाण्डौ जिल्लाका नौ वटा स्थानीय तहमा रहेका शिक्षा शाखाहरुमा प्याव्सन नगर समितीका पदाधिकारीहरुले ज्ञापन पत्र बुझाउदै विद्यालय खोल्ने वातावरण निर्माण गर्न आग्रह गरेका थिए।

प्याव्सनलेकाठमाण्डौ महानगरपालिका,टोखा ,गोकर्णेश्वर ,बुढानिलकण्ठ ,नागर्जुन ,तारकेश्वर ,चन्द्रागिरी र दक्षिणकाली नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ।

 

तपाइँको प्रतिक्रिया ।