ट्याक्सी बाहेकका सार्वजनिक गाडीमा जोरबिजोर प्रणाली हटाउन सिफारिस
कपन अनलाइन
काठमाण्डौ ,माघ १४ ।
कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले ट्याक्सीबाहेकका सार्वजनिक गाडीमा जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको छ ।
जोरबिजोर प्रणालीले सार्वजनिक गाडीमा भिड बढ्दा झनै जोखिम बढेको गुनासोपछि सीसीमएसीसीले जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।
उनकाअनुसार मन्त्रिपरिषदमा निर्णयका लागि सिफारिस गरिएको छ।
तपाइँको प्रतिक्रिया ।