राष्ट्रियसभा निर्वाचनका लागि ओखलढुंगाका पाँच राजनीतिक दलको गठबन्धन

राष्ट्रियसभा निर्वाचनका लागि ओखलढुंगाका पाँच राजनीतिक दलको गठबन्धन

कपन अनलाइन

काठमाण्डौ ,माघ ६ ।

ओखलढुंगा  जिल्लाका पाँच राजनीतिक दलले राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धन गरेका छन्। आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी ,जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेका हुन्।

सत्ता गठबन्धनमा आवद्ध दलसहित पाँच राजनीतिक दलहरुको बुधबार नेपाली कांग्रेसको पार्टी कार्यालयमा बसेको पहिलो बैठकले आगामी राष्ट्रियसभा निर्वाचनमा ओखलढुंगाबाट मतदान गर्ने जनप्रतिनिधिवीच गठबन्धनको पक्षमा मतदान गर्न समन्वय गर्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन।

यस बाहेक जिल्लाको विकास योजनामा भएका आर्थिक अनियमितता र वेतिथिका विरुद्ध भण्डाफोर अभियान संयुक्त रुपमा चलाउने समेत निर्णय भएको उनले बताए।

नेपाली काग्रेस पार्टी कार्यलयमा भएको गठबन्धनको पहिलो बैठकमा नेकपा मओवादी केन्द्रका नेता निशान्त शर्मा , नेकपा समाजवादीका जिल्ला अध्यक्ष हंशराज वाग्ले, जनता समाजवादीका धिरेन्द्र रुम्दाली र राष्ट्रिय जनमोर्चाका नेता धनराम श्रेष्ठ लगायत गठबन्धनका बिभिन्न नेताहरुको उपस्थिती थियो।

 

तपाइँको प्रतिक्रिया ।