श्रीमानलाई ढुङ्गा प्रहार गरी हत्या गर्ने पक्राउ

श्रीमानलाई ढुङ्गा प्रहार गरी हत्या गर्ने पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,माघ ६ ।

आफ्नै श्रीमान ४५ वर्षीय काले पुन मगरको ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा सुनछहरी गाउँपालिका-६ झिरवाङ वस्ने ४१ वर्षीया मिना पुन मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मिनाले आफ्नै श्रीमानलाई ढुङ्गा प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जेलवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइँको प्रतिक्रिया ।