कागेश्वरी मनोहरा नगरपालीका वडा नं ४ ब्रह्मखेलमा उज्यालो संपद साकोसको सदस्य सेवा केन्द्र

कपन अनलाइन

काठमाण्डौ ,माघ ३।

उज्यालो संपद बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कागेश्वरी मनोहरा नगरपालीको वडा नं ४ ब्रह्मखेलमा सदस्यहरुको सुविधाका लागि  सदस्य सेवा केन्द्र संचालनमा ल्याएको छ ।

सदस्य सेवा केन्द्रको उदघाटन गर्दै  कागेश्वरी मनोहरा नगरपालीका प्रमुख  कृष्णहरि थापाले पूर्वी  भेगको अबल सहकारी बन्ने विस्वास व्यक्त गर्दै  सदस्यको सेवामा दतचित्त भएर लागे संस्था सधै सफल हुने धारणा राखेका थिए ।

सदस्य सेवा केन्द्रको उद्घाटनमा बोल्दै संस्था अध्यक्ष रमेशप्रसाद तिमल्सिनाले पूर्वी भेगका आफ्ना शेयर सदस्यहरुको सुविधालाई मध्यनजर गरी  साकोसले सेवा केन्द्र विस्तार गरी कारोवार सञ्चालनमा ल्याएको बताएका थिए ।

संस्थाको कुल सदस्य संख्या २५६० जना, शेयर पुँजी ४ करोड ३९ लाख, बचत निक्षेप ३५ करोड, ऋण लगानी २९ करोड र कुल सम्पत्ति ४३ करोडको रहेको छ ।

तपाइँको प्रतिक्रिया ।