काठमाण्डौका यी १८ स्थानमा कोरोनको बुस्टर डोज खोप लगाईदैछ, कहाँ कहाँ ?

काठमाण्डौका यी १८ स्थानमा कोरोनको बुस्टर डोज खोप लगाईदैछ, कहाँ कहाँ ?

कपन अनलाइन

काठमाण्डौ ,माघ ३।

आजबाट अग्रपंतिमा खटिने व्यक्तिहरुलाई कोभिड-१९ विरुद्धको बुस्टर डोज खोप लगाइदैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ गतेदेखि अग्रपंतिमा खटिने व्यक्तिहरुलाई कोभिड-१९ विरुद्धको बुस्टर डोज खोप लगाउने भनेपनि आजबाट मात्र बुस्टर डोज खोप दिन लागेको हो ।

२०७८ पुस २८ गतेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट अग्रपंतिमा खटिने व्यक्तिहरुलाई माघ २ गतेदेखि कोभिड-१९ विरुद्धको बुस्टर मात्रा लगाउन निर्देशन दिइएको थियो । त्यही निर्णयअनुसार आजदेखि अग्रपंतिमा खटिने व्यक्तिहरुलाई बुस्टर डोज खोप दिने भएको छ ।

त्यस्तै माघ १४ गतेदेखि ६० वर्ष र माथिका नागरिकहरूलई कोभिड-१९ विरुद्धको पहिले लगाएकै खोपको पूर्ण मात्र लगाइसकेका साथै ६ महिना पूरा भइसकेका नागरिकहरुलाई बुस्टर मात्रा लगाउने सरकारी कार्यतालिका छ ।

काठमाडौं जिल्लाका १८ वटा खोप केन्द्रबाट अग्रपंतिमा खटिने व्यक्तिहरुलाई कोभिड -१९ विरुद्धको बुस्टर डोज खोप लगाउने व्यवस्था गरिएको छ ।

बुस्टर डोज लगाउन सकिने खोप केन्द्रहरू

१.नर्भिक अस्पताल -थापाथली

२.काठमाडौँ मोडल अस्पताल -प्रदर्शनीमार्ग

३.निजामती कर्मचारी (सिभिल) अस्पताल -बानेश्वर

४.वीर अस्पताल

५.जनमैत्री अस्पताल -बालाजु

६.शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल -टेकु

७.नोवेल अस्पताल -सिनामंगल

८.त्रिवि शिक्षण अस्पताल -महाराजगञ्ज

९.नेपाल प्रहरी अस्पताल -महाराजगञ्ज

१०.पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटल -सामाखुशी

११.नेपाली सेनाको अस्पताल -छाउनी

१२. सुभेच्छा अस्पताल -सितापाइला

१३. सशस्त्र प्रहरी अस्पताल -बलम्बु

१४.परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल -थापाथली

१५,.शहीद मेमोरियल अस्पताल -कलंकी

१६.नयाँ बसपार्क

१७.एपेक्स पोली क्लिनिक -जडिबुटी

१८.वयोधा हस्पिटल -बल्खु

तपाइँको प्रतिक्रिया ।