गोकर्णेश्वर नगरपालिकाको आठौं नगर सभा शुरु

गोकर्णेश्वर नगरपालिकाको आठौं नगर सभा  शुरु

कपन अनलाइन

काठमाडौँ, माघ ३  ।गोकर्णेश्वर नगरपालिकाको आठौं नगर सभा आइतबार बाट शुरु भएको छ । गोकर्ण फरेष्ट रिसोर्टमा शुरु भएको उक्त नगर सभाको प्रमुख अतिथिको रुपमा  पूर्वमन्त्रि एबम नेपाली कांग्रेसको केन्द्रीय सदस्य अम्बिका बस्नेत रहेकी थिइन भने बिशेष अथितिको रुपमा बागमती प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामा , नेपाली कांग्रेस काठमाडौं जिल्ला सचिव गोबिन्द पुडासैनी, गोकर्णेश्वर नगरपालिका उप प्रमुख शान्ती नेपाल प्रमुख प्रशासकीय अधिकृत द्वय राम प्रसाद आचार्य र बैकुण्ठ सापकोटा गोकर्णेश्वर नगरपालिकाको ९ वटै वडाका वडा अध्यक्षहरु कार्यपालिका सदस्यहरुको साथै कर्मचारीहरुको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले गरेका थिए भने कार्यक्रम संचालन प्रशासन प्रमुख टंकनाथ घिमिरेले गरेका थिए  राष्ट्रिय गान र नगर गान संगै शुरु भएको सो कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्रि एबम नेपाली कांग्रेसको केन्द्रीय सदस्य अम्बिका बस्नेतले पानसमा दिप प्रज्वलन सहित गरेकी थिइन ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका उप प्रमुख शान्ती नेपालले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेकी थिइन ।कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्यले  गोकर्णेश्वर नगरपालिकाको  आर्थिक र विकास योजनाहरु को साथै अर्धबार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए।   कार्यक्रममा वडाअध्यक्षहरुको तर्फ बाट   गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, बिशेष अतिथि  बागमती प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा शुभकामना मन्तब्य राख्दै पूर्वमन्त्रि एबम नेपाली कांग्रेसको केन्द्रीय सदस्य अम्बिका बस्नेतले कार्यक्रम सफलता शुभकामना ब्यक्त गरेकी थिइन।  उनले स्थानीय सरकार  जनता संग प्रत्यक्ष सरोकार राख्ने नजिकको  निकाय  भएको हुँदा जनप्रतिनिधिले  जनताको भावना आवश्यकतालाइ  बुझेर काम पुरा गर्नु पर्नेमा जोड दिदै त्यो नै जनप्रतिनिधिको  दायित्व भएको बताइन । उनले त्यो दायित्व पुरा गर्न कुनै कसर बाँकी राख्नु नहुनेमा जोड दिएकी थिइन ।

 विभिन्न समितीहरुका प्रतिवेदनहरु प्रस्तुतिका साथै नगरपालिकाको आर्थिक र विकास योजनाहरु प्रस्तुत गरिएको नगरसभाको सुन्य समयमा प्रमुख सन्तोष चालिसेले जिज्ञाशाहरुको जवाफ दिएका थिए।  उनले ५ बर्षको कार्यकालको अन्तिम समयमा आइपुग्दा  सबै जनप्रतिनिधि एक जुट भएर काम गरेको बताएका थिए। उनले अन्य नगरको तुलनामा गोकर्णेश्वर नगरपालिकालाइ केन्द्रले उच्च मूल्यांकन गरेको बताएका थिए। उनले  जनप्रतिनिधि भएर आउदै गर्दा पूर्वाधार समेत नभएको अवस्थामा अहिले धेरै नीति नियम कानुन निर्माण गरि अघि बढेको बताएका थिए।

कोरोना महामारी संग जुद्दै त्यसको रोकथाम र नियन्त्रणको साथ साथै विकास निर्माणको कार्यलाइ समेत प्राथमिकताका साथ अघि बढाएको बताएका थिए। उनले कार्यकालमा सहयोग गर्ने सबै जनप्रतिनिधिहरुलाई धन्यवाद दिदै आगामी दिनमा पनि त्यस्तै सहयोगको अपेक्षा गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।