ब अख्तियारको निशानामा नेपाल टेलिकम

चैत २२, काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकम काठमाडौंका वरिष्ठ प्राविधिक अधिकृत अनिल कुमार आचार्यविरुद्ध विशेष अदालत काठमाण्डौमा आरोपपत्र दायर गरेको छ।

Nepal-Telecome-267x300

सार्वजनिक पद धारण गरि अकुत सम्पत्ति आर्जन गरेकोु उजुरीमाथि अनुसन्धान हुँदा उनको सम्पत्ति विवरण अस्वभाविक देखिन आएकोु अख्तियारले जनाएको छ। २०३८ सालमा सुपरभाइजर पदमा सेवा प्रवेश गरि टेलिकमको वरिष्ठ प्राविधिक अधिकृत पदमा कार्यरत रहँदासम्म उनले आर्जन गरेको सम्पत्तिबाट काठमाडौं महानगरपालिका ७ र ८ मा आफ्नो तथा श्रीमतीको नाममा घडेरी खरीद गरी घर निर्माण गरेको खुल्न आएको तर त्यसको श्रोत नखुलेको अख्तियारले जनाएको छ। ।

घडेरी खरिद लगायत घर निर्माण गर्दा सम्मको सम्पत्तिको श्रोत पुष्टि गर्ने कुनै आधार प्रमाण आचार्यले पेश गर्न नसकेको अख्तियारको दाबी छ। अख्तियारले आचार्यलाई ७९ लाख आठ हजार एक सय ७६ रुयैयाँ बिगो कायम गरेको छ। यस्तै उनका दुईओटा घरसमेत जफत गर्न माग गरेको छ।

तपाइँको प्रतिक्रिया ।