सीडीएमए फोनेमा २० मा ३० रात अनलिमिटेड कल सुविधा

सीडीएमए फोनेमा २० मा ३० रात अनलिमिटेड कल सुविधा

नेपालकै जेठो टेलिकम सेवा प्रदायक कम्पनी, नेपाल टेलिकमले सीडीएमए मोबाइल लिनेहरुलाई रातभर २० रूपियाँमै टेलिकमको नेटवर्कमा राती १० बजेदेखि बिहान ६ बजेसम्म ३० रात अनलिमिटेड कुराकानी गर्न सकिने अफर सञ्चालनमा ल्याएको छ।

skyphone_small

टेलिकमका अनुसार यस अफर अन्तर्गत उपभोक्ताले सेवा सुचारु गरेपछि ३० रात सम्म टेलिकमको नेटवर्कका जिएसएम प्रिपेड, पोष्टपेड, सिडिएमए र ल्याण्डलाइन फोनमा राती १० बजेदेखि बिहान ६ बजेसम्म ३० रात अनलिमिटेड कुराकानी गर्न सक्छन्।

सेवा कसरी सञ्चालन गर्ने?

यो सेवा सञ्चालनका लागि तपाइँले मोबाइलको म्यासेज बक्समा गएर नयाँ सन्देशमा नाइट (Night) टाइप गरेर १४१५ मा एसएमएस गर्नुपर्छ। यो एसएमएस पठाएको केही क्षणमै नै तपाइँको लागि एक महिनाभरको रात्रीकल सूचारू हुनेछ । यसरी एसएमएस पठाइ सेवा लिदाँ तपाइको मोबाइलको ब्यालेन्सबाट सेवा शुल्क करसहित २४ रुपैंयाँ ८६ पैसा काटिने छ ।

तपाइँको प्रतिक्रिया ।