पासा ग्वाहाली पुच: बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं बार्षिक साधारण सभा सम्पन्न

पासा ग्वाहाली पुच: बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं बार्षिक साधारण सभा सम्पन्न

कपन अनलाइन

काठमाडौँ, माघ १। गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा संचालित पासा ग्वाहाली पुच: बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं बार्षिक साधारण सभा  सम्पन्न भएको छ। पौष ३० गते शनिबार गोकर्णेश्वर नगरपालिका  वडा नं ९ मा रहेको गोकर्णेश्वर व्याङ्क्वेटमा सम्पन्न भएको सो कार्यक्रमका प्रमुख अतिथिको रुपमा  प्रतिनिधि सभा सदस्य माननीय कृष्ण राइ रहेका थिए  भने बिशेष अतिथिको रुपमा  बागमती प्रदेशसभा सदस्य  रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा सदस्य बालकृष्ण श्रेष्ठ, जयामल्टिपल क्याम्पसका प्राचार्य भवानी प्रसाद पौडेल, साहित्यकार एबम पत्रकार विजय चालिसे, संस्थाका कानुनी सल्लाहकार गोपाल प्रसाद भण्डारी लगायत संस्थाका पदाधिकारी शेयर सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता पासा ग्वाहाली पुच: बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष हरि कृष्ण श्रेष्ठले गरेका थिए  भने कार्यक्रम संचालन संस्थाकी सचिव ज्ञानदेबी श्रेष्ठले गरेकी थिइन ।

राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय कृष्ण राइले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरेका थिएकार्यक्रममा संस्थाका उपाध्यक्ष प्रेमलाल श्रेष्ठले स्वगत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथी प्रकाश पारेका थिए ।कार्यक्रममा  संस्थाका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै साविकको गोकर्णेश्वर गाविसकै पहिलो सहकारी पासा ग्वाहाली पुचः वचत तथा ऋण सहकारीले आर्थिक वर्ष २०७७ –२०७८ मा रु  दश लाख ४ हजार ४ सय ७३रुपैया२९ पैसा  मुनाफा हासिल गरेको  जानकारी गराइएको थियो ।साधारणसभाका अवसरमा पेस गरिएको वार्षिक प्रतिवेदनमा रु एक करोड ११  लाख ६  हजार ६१ रुपैया  आम्दानी भएको उल्लेख गरिएको थियो ।यसैगरी रु एक करोड १लाख१  हजार  ५ सय ८५ रुपैया   खर्च भएको छ भने  सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले पेश गरेको प्रतिवेदनमा शेयर पूँजी रु एक करोड ४१ लाख २० हजार  रहेको उल्लेख गरिएको थियो  ।सहकारीको निक्षेप बचत रु ७ करोड ६३ लाख ६० हजार ६ सय १३ रुपैया १५ पैसा रहेको जानकारी गराइएको थियो  ।

सहकारीले रु ७ करोड ३० लाख ८३ हजार ९१७ रुपैया  कर्जा लगानी गरेको अध्यक्ष श्रेष्ठले बताए । सहकारीको मुलभूत सिद्धान्तहरुको अधिनमा रहेर आफ्नो सदस्यहरुको आर्थिक तथा सामाजिक बिकासको मूल लक्ष्य राखी स्थापना भएको संस्थाले सफलतापुर्वक १४  बर्ष पुरा गरि १५  बर्षमा प्रवेश गरेको जानकारी दिदै अध्यक्ष श्रेष्ठले आर्थिक र सामाजिक रुपान्तरणका लागि छुट्टै पहिचान बोकेर स्थापित संस्थाले समयानुसारको शिप प्रबिधिलाइ आत्मसाथ गर्दै समाजको सवाल आर्थिक रुपान्तरणका लागि केहि गर्नु पर्छ र केहि गर्नु सक्छौ भन्ने भावना भएको  व्यक्तिहरुको अवाद्दतालाइ संस्थाले सवल पूजीको रुपमा लिएको उनले बताए ।  संस्थाले स्थापना काल देखि नै मासिक बचत ऐच्छिक बचत, बाल बचत ,दैनिक बचत,पासा समृद्दी बचत आवधिक बचत, ज्येष्ठ नागरिक बचत शेयर बचत, पिजिपी बचत, नारी बचत लगायतका बिभिन्न बचत योजनाहरु संचालन गरि कारोबार गरिरहेको जानकारी गराएका थिए ।उनले कर्जा लगानी तर्फ पनि सन्दर्भ ब्याजदर भन्दा पनि कम ब्याजदरबाट सर्वसुलभ तरिकाले  बिभिन्न क्षेत्रहरुमाकर्जा सुबिधा उपलब्ध गराईरहेको जानकारी दिएका थिए ।कार्यक्रममा लेखा समितिका संयोजक कृष्ण भक्त श्रेष्ठले लेखा समितिको प्रतिबेदन प्रस्तुत गरेका थिए। उक्त प्रतिवेदन उपर छलफल गरी साधारण सभाबाट पारित गरिएको थियो  ।

कार्यक्रममा उत्कृष्ट बचतकर्ता सानु भाइ श्रेष्ठ, र निर्मला बुढाथोकीलाइ सम्मान गरिएको थियो भने उत्कृष्ट ऋणीको रुपमा गणेशलाल श्रेष्ठ र जमुना कुमारी कार्की त्यसै गरि उत्कृष्ट बाल बचतकर्ता हर्ष कुमार श्रेष्ठ,उत्कृष्ट शेयर धनि विजय कुमार चालिसे र उत्कृष्ट कर्मचारीको रुपमा राधिका श्रेष्ठलाइ सम्मान गरिएको थियो ।कार्यक्रममा सल्लाहकारहरुको तर्फ बाट संस्थाका कानुनि सल्लाहकार गोपाल प्रसाद भण्डारी र सम्मानित ब्यक्तिहरुको तर्फ बाट साहित्यकार एबम पत्रकार विजय कुमार चालिसेले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा शुभकामना मन्तब्य राख्दै प्रतिनिधि सभा सदस्य माननीय कृष्ण राइले सरकारको तीनखम्बे अर्थनीतिअनुसार सहकारी अपरिहार्य अङ्ग भएको बताए ।देशभर छरिएका सहकारीकै कारण आर्थिक रूपान्तरणका साथै स्वरोजगार सम्भव भएको उनको भनाइ थियो। उनले सहकारी सस्थाहरु विपन्न वर्ग र सीप क्षमता भएका व्यक्तिहरुलाई अर्थोपार्जन गर्ने   माध्यमको रुपमा विकास गर्नुपर्ने बताउदै  कला, सीप र क्षमताको पहिचान गरि सहकारी सस्थाहरुले व्यवसायीक रुपमा महिला तथा किसानलाई समेत आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिएका थिए  ।

सहकारी आर्थिक क्षेत्रको मात्र प्रगति नभई सामाजिक, सास्कृतिक र व्यवहारिक रुपमा सेयरधनी र बचतकर्ताहरुमा समेत प्रगती गर्दै आईरहेको र गराउन आग्रह गरे।अर्थको थुप्रो हुनु मात्र ठूलो कुरा नभई त्यसको सहि उपभोग र फलाउदै लानु पर्नेमा विशेष जोड दिन बचतकर्ता र सेयरधनीलाई ध्यानाकर्षण गराउदै पासा ग्वाहाली पुच: बचत तथा ऋण सहकारी संस्था लिमिटेड १५ औं बर्षामा प्रवेश गरेको उपलक्ष्यमा शुभकामना व्यक्त गरे ।सहकारीको विकासले साझेदारी र सामुहिक काममा सकारात्मक भुमिका निभाएको बताउदै समाज रुपान्तरणमा थप टेवा पुगेको बताए । उनले संस्थालाई कला सस्कृति जगेर्ना गर्ने काममा पनि लाग्नुपर्नेमा जोड दिदै त्यसमा आफ्नो पनि सहयोग रहने जानकारी गराएका थिए ।कार्यक्रममा संस्थाका सहसचिब बाल कृष्ण श्रेष्ठले  धन्यवाद ज्ञापन गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।