बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा संस्कृत शिक्षा प्रशिक्षण शुरु

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा संस्कृत शिक्षा प्रशिक्षण शुरु

कपन अनलाइन

काठमाण्डौ ,माघ १।

बुढानिलकण्ठ -१० मा संस्कृत शिक्षा प्रशिक्षण शुरु भएको छ । भाषाहरुको जननी संस्कृत शिक्षालाई आम जनमानस सम्म पुर्याउनका लागि बौदिक धर्म संरक्षण मंच नेपालको आयोजनामा भएको सो प्रशिक्षणको उद्घाटन बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव प्रसाद खरेलले गरेका थिए।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० को सिद्देश्वर मन्दिरमा भएको सो प्रशिक्षण उद्घाटन कार्यक्रममा वडा नं १० का अध्यक्ष नवराज भट्टराई,वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराई ,मन्दिर संरक्षण समितिका अध्यक्ष उद्दव प्रसाद भट्टराई लगायतको उपस्थिति रहेको थियो।

बैदिक सनातन धर्म ,कर्मकाण्ड,ज्योतिष बिज्ञान सहितका विषयहरुमा ४ महिना सम्म चल्ने सो प्रशिक्षण बेलुका ४.३० बजे देखि दैनिक  सिद्देश्वर मन्दिर प्रांगणमा निशुल्क  हुने आयोजकले जानकारी दिएको छ।

 

तपाइँको प्रतिक्रिया ।