शैक्षिक उन्नयनमा सेन्ट लरेन्स कलेजको रजत जयन्ती,स्थापनाको २५ वसन्त पार गर्यो

शैक्षिक उन्नयनमा सेन्ट लरेन्स कलेजको रजत जयन्ती,स्थापनाको २५ वसन्त पार गर्यो

कपन अनलाइन

काठमाण्डौ ,पौष २९।

काठमाण्डौ महानगरपालिका वडा नं ७ चावहिलमा रहेको  सेन्ट लरेन्स कलेजले स्थापनाको २५ औं वसन्त पार गरी रजत जयन्ती मनाएको छ ।

राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सम्पन्न रजत जयन्ति समारोहका प्रमुख अतिथि  पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले २५ वर्षको अवधिमा प्राप्त सफलता, असफलता तथा चुनौतिको समीक्षा गर्दै अघि बढ्न कलेज परिवारलाई सुझाव दिएका थिए  ।

त्यस्तै  कलेजका अध्यक्ष केशवप्रसाद दंगालले विद्यार्थी, अभिभावक सहित समस्त शिक्षाप्रेमीहरूको सहयोगले नै कलेजलाई उत्कृष्ट शैक्षिक गन्तव्य बनाएको धारणा राखेका थिए ।

ओं समारोहमा  कलेजका प्रिन्सिपल पुरुषोत्तम महर्जनले राम्रो टिम वर्कका कारण नै कलजेले महत्वपूर्ण सफलता हासिल गरिरहेको जानकारी दिएका थिए भने कलेजका प्रबन्ध निर्देशक ताराप्रसाद सुवेदीले आगामी दिनमा अझ स्तरीय कार्यक्रम सहित कलेजले आफे गुणस्तरमा थप ध्यान दिने बताएका थिए ।

विभिन्न संकायका उत्कृष्ट विद्यार्थी तथा शिक्षक शिक्षिकाहरू सहित प्रतिभाशाली पूर्व विद्यार्थीहरूलाई पनि सम्मान गरेको  सेन्ट लरेन्स कलेजले प्लस टु तर्फ विज्ञान, व्यवस्थापन, मानविकी र कानुन गरी चारै संकाय संचालन गरिरहेको छ ।

त्यस्तै स्नातक तर्फ त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा बीबीएस, बीएसडब्लु, बीएसस्सी. एसआइटी र बीसीएका कक्षाहरू संचालित छन्भने त्रिभुवन विश्वविद्यालयकै सम्बन्धनमा एमबीएसको कक्षा पनि संचालन भइरहेको छ ।

 

तपाइँको प्रतिक्रिया ।