शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले राष्ट्रिय परिचय पत्र दर्ता शुभारम्भ गरे

शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले  राष्ट्रिय परिचय पत्र दर्ता शुभारम्भ गरे

कपन अनलाइन

काठमाडौँ, पौष ३० । ईलाका प्रशासन कार्यालय साँखुमा राष्ट्रिय परिचयपत्र दर्ता कार्य सुरु भएको छ।शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले ईलाका प्रशासन कार्यालय साँखुबाट राष्ट्रिय परिचय पत्रको लागि फोटो खिचाएर राष्ट्रिय परिचयपत्र दर्ता कार्यक्रमको शुभारम्भ  गरेका हुन्  । कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुका साथै सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख श्रेष्ठले गाउँ ठाउँमै राष्ट्रिय परिचय पत्र बनाउन पाउँदा स्थानीयबासीले सन्तोषको श्वास फेर्ने बताउँदै पासपोर्ट बनाउनको लागि दुःख पाईरहेका स्थानीय बासिन्दाले अब छिटो छरितो र सुलभ रुपमा राष्ट्रिय परिचय पत्र ईलाका प्रशासन कार्यालय साँखुबाटै पाउने भएकोले आम जनतालाई सजिलो हुने बताएका थिए । श्रेष्ठले सरकारको नीति अनुरूप अब नगरवासीले राष्ट्रिय परिचयपत्रको सेवा समेत सहज रूपमा प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन ।

ईलाका प्रशासन कार्यालयका प्रमुख राजकुमार राईले काठमाडौँको बबरमहलमा पुगेर गर्नुपर्ने कार्य साँखुमा गर्न पाउँदा राष्ट्रिय परिचयपत्र लिन चाहने आम नेपालीहरुलाई सजिलो हुन बताउँदै ईलाका प्रशासन कार्यालयको कार्य क्षेत्रका आम जनताले पासपोर्ट बनाउको लागि ई फर्म भरिसकेकाहरुको लागि आईतबार बिहान १० बजे कार्यालयको सम्पर्कमा आउँदा दिउँसो १ बजे नै तत्काल राष्ट्रिय परिचय पत्र नं. पाउने जानकारी गराएका छन । उहाँले राष्ट्रिय परिचयपत्र दर्ता स्टेशनको स्थापना सँगै नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्रको साथै राष्ट्रिय परिचयपत्रको सेवा समेत ईलाका प्रशासन कार्यालय साँखुबाट प्रदान गरिने ईलाका प्रशासन कार्यालय साँखुका प्रमुख राजकुमार राईले जानकारी गराए ।

फोटो सौजन्य : लावण्य सन्देश

तपाइँको प्रतिक्रिया ।