आजको मौसम पूर्वानुमान : पहाडी भूभागमा आंशिक बदली

आजको मौसम पूर्वानुमान :  पहाडी भूभागमा आंशिक बदली

कपन अनलाइन

काठमाण्डौ ,पौष ३० ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान प्रदेश २ तथा बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ ।  पश्चिम तथा मध्य तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ दिउँसो प्रदेश १ र २ तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी  भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

शनिबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

तपाइँको प्रतिक्रिया ।