निर्वाचन आयोगले राजनीतिक दलहरुसँग आज निर्वाचनका विषयमा छलफल गर्ने

निर्वाचन आयोगले राजनीतिक दलहरुसँग आज निर्वाचनका विषयमा  छलफल गर्ने

कपन अनलाइन

काठमाण्डौ ,पौष ३०।

निर्वाचन आयोगले राजनीतिक दलहरुसँग आज छलफल गर्ने भएको छ । आयोगले प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका राजनीतिक दलसँग आज परामर्श गर्न लागेको हो ।

छलफलका लागि आयोगले शुक्रबारका लागि १७ वटा राजनीतिक दललाई बोलाएको आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका उपन्यायाधिवक्ता गुरु प्रसाद वाग्लेले जानकारी दिएका छन  ।

उनका अनुसार माघ १२ गतेका लागि तय गरिएको राष्ट्रिय सभा निर्वाचन, मतदाता नामावली संकलन र स्थानीय तहको आगामी निर्वाचनका विषयमा छलफल हुनेछ ।

तपाइँको प्रतिक्रिया ।