नेकपा एमाले सिन्धुपाल्चोकको अध्यक्षमा पाँच जनाको उम्मेदवारी ,को को छन पदाधिकारीहरु ?

कपन अनलाइन

काठमाण्डौ ,पौष २९।

नेकपा एमाले सिन्धुपाल्चोकको अध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको छ। जिल्लाको एमाले नेतृत्वका लागि हुने जिल्ला अधिवेसनमा बालकृष्ण देउजा ,होम नारायण श्रेष्ठ ,कमल नेपाल, केदार क्षेत्री र डोल्मा तामाङले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन।

त्यस्तै उपाध्यक्ष पदमा मित्रलाल चौलागाई ,जेपी सिलवाल ,उमा प्रधान र चन्द्र थिङ्गले उम्मेदवारी दिएका छन भने सचिवमा रामचन्द्र बस्नेत ,सोमर बम्जन ,विष्णुमणि आचार्य ,कृष्णगोपाल तामाङ्ग ,अर्जुन कुमार भण्डारी ,फइंद्र बहादुर तामाङ ,यज्ञराज सापकोटा ,र नेत्र प्रसाद पौडेलले उम्मेदवारी दिएका छन।

त्यस्तै दुई उपसचिवका लागि राम बहादुर सुनार ,कुश्माखर नेपाल ,निर्मल कुमार बन्जारा ,चिरन तामाङ ,सुशिला पाख्रिन ,राजकुमार सुवेदी ,रामचन्द्र नेपाल ,शिवहरी सापकोटा र डबले लामाले उम्मेदवारी दिएका छन।

 

तपाइँको प्रतिक्रिया ।