सुन्दरीजलको “नागमती बाँध” को वातारणीय प्रभाव मुल्यांकनका लागि सार्वजनिक सुनुवाई हुने

सुन्दरीजलको “नागमती बाँध” को वातारणीय प्रभाव मुल्यांकनका लागि सार्वजनिक सुनुवाई हुने

कपन अनलाइन

काठमाण्डौ ,पौष २९ ।

गोकर्णेश्वर नगरपालिका वडा नं  १ सुन्दरीजलको नागमती नदीमा करिव ८ अर्बको लागतमा निर्माण हुने “नागमती बाँध ” निर्माणका लागि सार्वजनिक सुनुवाई कार्यक्रम हुने भएको छ।

आर्थिक वर्ष ०७८/७९ को बजेटमा आवस्यक रकम बिनियोजन भएर अगाडी बढेको नागमती नदीमा बाँधको वातारणीय प्रभाव मुल्यांकन प्रतिवेदन तयार गर्नका लागि माघ ३ गते गोकर्णेश्वर नगरपालिका वडा नं १ का दुई स्थानमा सार्वजनिक सुनुवाई हुने भएका छन।

सो आयोजनाका वारेमा माघ ३ गते ११ बजे मेलम्ची सरोकार केन्द्र र २ बजे मुलखर्कमा हुने सो सार्वजनिक सुनुवाईमा वडा नं १ र बागमती बहाव प्रभाव क्षेत्रका स्थानीयहरुलाई उपस्थितिका लागि आव्हान गरिएको छ ।

बागमती नदीको स्वच्छता र काठमाण्डौको जलाधार क्षेत्रको महत्वपूर्ण खण्डको संरक्षणका लागि जमिनको सतह बाट ९० मिटर उचाईमा करिव  १००० रोपनीको क्षेत्रफलमा निर्माण हुने उक्त बाधबाट ४ मेघावाट बिजुली समेत निकाल्न सकिने अनुमान गरिएको छ ।

करिव १ करोड लिटर पानी भण्डारण हुन सक्ने सो बाँधले काठमाण्डौको खानेपानी समस्या समाधानमा पनि सहयोग पुग्नुका साथै  बागमती जलाधार क्षेत्र संरक्षण तथा जलप्रवाहमा सुधारका लागि पनि यो आयोजना महत्वपूर्ण रहेको छ ।

 

तपाइँको प्रतिक्रिया ।