नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको साधारण सभा स्थगित गर्न जिल्ला अदालत ललितपुरको आदेश

नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको साधारण सभा स्थगित गर्न जिल्ला अदालत ललितपुरको आदेश

कपन अनलाइन

काठमाण्डौ ,पौष २९ ।

जिल्ला अदालत ललितपुरले नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिमिटेडको ९औ साधारण सभा स्थगित गर्न आदेश दिएको छ । संघका सचिव माधवप्रसाद तिमल्सिनाले उपाध्यक्ष र केही पदाधिकारीहरुको बैठकले गरेको निर्णयको हवाला दिदै २९ गते साधारण सभा गर्ने घोषणा गरेका थिए ।

उनले आज बिहान पत्रकार सम्मेलन आयोगना गरी साधारणसभा गर्ने बताउनुभएको थियो । संघको नियम विपरित साधारणसभा आयोजना गर्न लागेपछि जिल्ला अदालतले सो साधारण सभा हाललाई नगर्नु नगराउनु र यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको हो ।

सो आदेशपछि सचिव तिमल्सिना लगायतको समुहले गर्ने साधारण सभा स्थगित भएको छ । न्यायधिश चुरामन खड्काको एकल इजलासले साधारण सभामा २८ वटा थप संस्थालाई सहभागी गराउने सम्बन्धमा त्यसरी थप सदस्यता प्रदान गर्नबाट रोक लगाउने लगायतका विषयहरु उल्लेख गरी सहकारी विभागमा उजुरी परी त्यसको निर्णय नभएको अवस्थामा र सदस्य संख्या नै विवादित भएको अवस्थामा सो साधारणसभा गर्नु उचित नदेखिएकोआदेशमा उल्लेख छ ।

सो आदेशमा भनिएको छ–कोभिड संक्रमण तिब्रगतिमा फैलिएको अवस्थालाई दृष्टीगत गरी अर्को सूचना नभएसम्म २५ जना भन्दा बढी भेला गर्न समेत रोक लगाएको अवस्थामा संघको साधारणसभा हाललाई नगर्न आदेश दिएको छ ।

संघका अध्यक्ष भण्डारीले सदस्यताको विषयमा टुङटो लगाउन बाकी रहेको र र कोभिड महामारीको अवस्थामा साधारणसभा गर्न उचित नभएको जानकारी गराउदै सूचना जारी गरेको अवस्थामा एकपक्षिय रुपमा साधारणसभा गर्न लागेपछि अदालतले अन्तरिम आदेश दिएको उल्लेख गर्नुभयो । विभागमा उजुरीकाmे किनारा लाग्न बाकी रहेकै अवस्थामा सचिव तिमल्सिनाले अन्य पदाधिकारीको हवाला दिएर सभा गर्न लागि परेका थिए ।

संघले उपाध्यक्ष नारायणभक्त श्रेष्ठ समेतलाई विपक्षी बनाएर मुद्दा दायर गराएको थियो । उपाध्यक्ष सहितको बहुमत भनिएका सदस्यले अध्यक्षको स्वीकृत विना लोगो, ब्यानर प्रयोग गरेको आरोप लागेको छ ।

तपाइँको प्रतिक्रिया ।