प्रेस चौतारी नेपाल ओखलढुंगाको अध्यक्षमा सरस्वती बानिया,को को बने पदाधिकारी ?

प्रेस चौतारी नेपाल ओखलढुंगाको अध्यक्षमा सरस्वती बानिया,को को बने पदाधिकारी ?

कपन अनलाइन

काठमाण्डौ ,पौष २९ ।

प्रेस चौतारी नेपाल ओखलढुंगाको अध्यक्षमा सरस्वती बानिया चयन भएकी छन् । प्रेस चौतारी नेपालको चौथो जिल्ला अधिवेशनबाट अध्यक्षमा बानिया सर्वसम्मत चयन भएकी हुन् ।

प्रेस चौतारी नेपाल ओखलढुंगाको  उपाध्यक्षमा पोकलनाथ दाहाल, सचिवमा प्रवीण मुनाल, कोषाध्यक्षमा यमुलाल ढकाल र सह–सचिवमा डेनिस थापामगर चयन भएका छन् ।

त्यस्तै  कमिटीका सहस्यहरुमा दुर्गा धमला, निश्चल राजभण्डारी, लक्ष्मण राउत, स्वर्णिमा सुनुवार, शिवकुमार कार्की, पासाङ शेर्पा, सागर उपकार, भगवती बानिया, सुजित बस्नेत र लक्ष्मी बानिया रहेका छन् ।

प्रदेश १ का पूर्वमन्त्री तथा सांसद अम्बिरबाबु गुरुङको प्रमुख आतिथ्यतामा भएको प्रेस चौतारी नेपाल ओखलढुंगाको चौथो जिल्ला अधिवेशनलाई नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष शंकर कट्वाल, उपाध्यक्ष हर्कबोल राई, सचिव कमलप्रसाद न्यौपाने, नेताहरु मोहन श्रेष्ठ, जगत लुइटेल लगायतका नेता, पत्रकार महासंघका केन्द्रीय सदस्य दीपेन्द्र रुम्दाली र प्रेस चौतारीका केन्द्रीय सदस्य पूर्णप्रसाद न्यौपानेले सम्बोधन गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।