तेस्रो थाहा गोल्डकप फुटबल प्रतियोगितामा सहभागी हुने गोकर्णेश्वर युवा जागरण क्लबका खेलाडीहरुको बिदाइ

तेस्रो थाहा गोल्डकप फुटबल प्रतियोगितामा सहभागी हुने गोकर्णेश्वर युवा जागरण क्लबका खेलाडीहरुको बिदाइ

कपन अनलाइन

काठमाडौं पौष २८।  मकवानपुर थाहा नगरपालिका द्वारा आयोजित तेस्रो थाहा गोल्डकप फुटबल प्रतियोगितामा सहभागी हुने  गोकर्णेश्वर नगरपालिकाका खेलाडीहरुलाई बिदाइ गरिएको छ। उक्त प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकाको प्रतिनिधित्व गर्दै गोकर्णेश्वर युवा जागरण क्लबका खेलाडीहरुलाई खेल सामग्री  सहित बिदाइ गरिएको हो।

पौष २९ गते   गोकर्णेश्वर युवा जागरण क्लबका खेलाडीहरुले प्रतिस्पर्धा गर्दैछन उनीहरुलाई आज एक कार्यक्रमका बीच बिदाइ गरिएको हो। गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिका संयोजक संजय लामाको प्रमुख आतिथ्य रहेको बिदाइ कार्यक्रममा बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ गोकर्णेश्वर युवा जागरण क्लबका सल्लाहकार एबम  कोच ज्ञान कुमार श्रेष्ठ  पुर्व राष्ट्रिय खेलाडी एबम प्रशिक्षक चेत नारायण श्रेष्ठ गोकर्णेश्वर युवा उपकार क्लबका अध्यक्ष कमल परियार  लगायत खेलाडी गोकर्णेश्वर युवा जागरण क्लबका  सदस्यहरुको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता गोकर्णेश्वर युवा जागरण क्लबका  अध्यक्ष विकेश श्रेष्ठले गरेका थिए भने कार्यक्रम संचालन क्लबका सदस्य रेखा बस्नेतले गरेकी थिइन ।

कार्यक्रममा गोकर्णेश्वर युवा जागरण क्लबका सल्लाहकार एबम  कोच ज्ञान कुमार श्रेष्ठले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथी प्रकाश पारेका थिए।कार्यक्रममा खेलाडी र कार्यक्रम संयोजकलाई प्रमुख अतिथि र बिशेष अतिथिले खेल सामग्री र जर्सी हस्तान्तरण गर्दै जितको शुभकामना दिएका थिए ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले खेलाडीहरुलाई  जितको शुभकामना दिदै अनुशासनमा रहेर खेल्न प्रेरित गरेका थिए। उनले  उत्कृष्ट खेल कौशल प्रदर्शन सहित नगरपालिकाको नाम राख्ने गरि खेल्न अनुरोध गरेका थिए। उनले वडा तथा नगरले खेलकुदको लागि धेरै कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि गर्दै जाने बताएका थिए।कार्यक्रममा प्रमुख अतिथिको रुपमा शुभकामना मन्तब्य राख्दै  गोकर्णेश्वरनगरपालिका युवा तथा खेलकुद विकास समितिका संयोजक संजय लामाले खेलाडीहरुलाई उच्च मनोबलका साथ् उत्कृष्ट प्रदर्शन गरि जित हासिल गर्न शुभकामना दिएका थिए  । अध्यक्षताको आसन बाट बोल्दै गोकर्णेश्वर युवा जागरण क्लबका अध्यक्ष विकेश श्रेष्ठले खेलाडीहरुलाई शुभकामना दिदै कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद दिएका थिएपौष २६ गते देखि इन्द्रायणी चौर खेल मैदानमा शुरु भएको सो प्रतियोगिता  माघ ५ गते सम्म चल्नेछ। प्रतियोगितामा प्रथम हुने टिमले नगद रु एक लाख रुपैया पुरस्कार पाउनेछ ।

तपाइँको प्रतिक्रिया ।