स्थानीय तहको निर्वाचनका वारेमा परामर्श गर्न निर्वाचन आयोगले सर्वदलीय बैठक आह्वान गर्यो

स्थानीय तहको निर्वाचनका वारेमा परामर्श गर्न निर्वाचन आयोगले सर्वदलीय बैठक आह्वान गर्यो
कपन अनलाइन
भक्तपुर, पौष २७।

राजनीतिक दलहरुसँग परामर्श गर्न निर्वाचन आयोगले सर्वदलीय बैठक आह्वान गरेको छ। आयोगका प्रमुख आयुक्त दिनेश थपलीयाले दलहरुसँग छलफलका लागि शुक्रबार बैठक बोलाइएको जानकारी दिए।‘स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्न बैठक डाकेका हौं,’ उनले भने, ‘शुक्रबार साढे ११ बजे बैठक बस्दैछ।’

सो बैठकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने करिब १६ दललाई निमन्त्रणा गरिएको छ। निर्वाचन आयोगले आगामी माघ १२ हुन गइरहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका बारेमा दलहरुसँग छलफल गर्नेछ।

त्यस्तै स्थानीय तहको निर्वानको मिति तय गर्ने विषयमा पनि सो बैठकमा  छलफल हुनेछ। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका सम्बन्धमा गत पुस ९ गते नै  वैशाख १४ र २२ गते स्थानीय तहको चुनावका विषयमा प्रस्ताव गरेकोछ ।

सरकारले निर्वाचनको मितिका बारेमा निर्णय गरेमा निर्वाचन आयोगले थप आवश्यक तयारी अघि बढाउने जानकारी यस अघि गराइसकेको छ।

 

तपाइँको प्रतिक्रिया ।