पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ७५ मा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ७५ मा कोरोना पुष्टि
कपन अनलाइन
भक्तपुर, पौष २७।

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ७५ मा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार पिसिआर परीक्षणबाट २ हजार ४४८ र एन्टिजेन परीक्षणबाट ६२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १३ हजार ३६ जनामा कोरोना परीक्षण गरिएको थियो । बुधबार देशभर ११ हजार ६ सय ९० जना कोरोनाका संक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन् । यस्तै २७८ जना संक्रमणबाट मुक्त भएका छन् ।

तपाइँको प्रतिक्रिया ।