बुढानिलकण्ठमा प्रमुख प्रशासकीय अधिकृत विवाद : नयाँ आए पुराना गएनन् ..

बुढानिलकण्ठमा प्रमुख प्रशासकीय अधिकृत विवाद : नयाँ आए पुराना गएनन् ..

कपन अनलाइन

काठमाण्डौ ,पौष २८।

बुढानिलकण्ठ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत विवाद देखिएको छ । हालका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीले सरुवा भएर अन्यत्र जानु पर्ने भएता पनि उनले नयाँ आएका भुवनेश्वर लामिछानेलाई पदभार ग्रहण गराउन आनाकानी गरेपछि विवाद देखिएको हो।

बुढानिलकण्ठ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएर आएका लामिछानेलाई हाजिर गराएपनि हालसम्म  पुरानै प्रमुख प्रशासकीयले कार्यसम्पादन गर्दा जनाप्रतिनिधि र कर्मचारीहरु विच अन्यौलता आएको एक जनप्रतिनिधिले बताएका छन।

हाल सम्म बुढानिलकण्ठ नगरपालिका वडा नं ११ निवासी प्रमुख प्रसशाकीय अधिकृत कार्कीले नै नियमित कम गरेको र नगरपालिकाका सुचना तथा विभिन्न समितिका बैठकहरुमा उनि नै उपस्थित रहेका छन भने नयाँ आएका प्रमुख लामिछानेले   हाजिर गरेपनि कुर्सि र कार्यकक्ष नपाउंदा उनलाई पहिलो गाँस मै ढुंगा भएको चर्चा अहिले नगरपालिकामा व्यापक रुपमा चलेको छ।

नगरपालिकाका जनप्रतिनिधिहरुको रोहवरमा पुर्व फर्केर हाजिर गर्ने (!) भन्दै निकै उत्साहित देखिएका नयाँ प्रमुख प्रशासकीय अधिकृतको हाजिर कापीमा समेत छेडखानी गरिएको गाइगुइ हल्ला नगरपालिका भित्र चलेपनि वास्तविक कुरा के हो भन्ने बाहिर हाल सम्म नआएको बताउदै एक स्थानीय नेताले हाकिमहरुको विवादले नगरको कार्यसम्पादनमा असर पुगेको तर्फ सबै गंभीर बन्नु पर्ने धारणा राखेका छन ।

संघीय  मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अतिरिक्त समुहमा रहेका लामिछानेले  यस अघि साविक कपन गाविसमा सचिवका रुपमा पनि काम गरिसकेका छन।

तारकेश्वर नगरपालिकाका स्थानीय बासिन्दा लामिछाने आए संगै यस अघिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्की कञ्चनरुप नगरपालिका सप्तरी सरुवा भएका छन ।

 

 

तपाइँको प्रतिक्रिया ।