प्रेस चौतारी नेपाल काठमाडौंको अध्यक्षमा मुकुन्द भुषाल र सचिवमा लक्ष्मण शर्मा चयन

प्रेस चौतारी नेपाल काठमाडौंको अध्यक्षमा मुकुन्द भुषाल र सचिवमा लक्ष्मण शर्मा चयन

कपन अनलाइन

काठमाण्डौ ,पौष २८।

प्रेस चौतारी नेपाल काठमाडौंको पाँचौं अधिवेशन सम्पन्न भएको छ । मंगलबार राजधानीमा सम्पन्न  अधिवेशनले मुकुन्द भुसालको नेतृत्वको ३९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

सो कार्यसमितिको उपाध्यक्षमा श्रीराम तिवारी, समावेशी उपाध्यक्षमा सुभद्रा धिताल र सचिवमा लक्ष्मण शर्मा चयन भएका छन् । त्यस्तै सह–सचिवमा पुष्पा अपधकारी र जीपी पौडेल चयन भएका छन् भने कोषाध्यक्षमा रामचन्द्र कार्की चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा रामेश्वर ढकाल, श्रीकृष्ण ढकाल, केशव घिमिरे, सुजित पुडासैनी, आशीष केसी, शर्मिला सुवेदी, सावित्री बस्नेत, सावित्री लुईंटेल, विकल सापकोटा, चिलराम भण्डारी , चेतनारायण पण्डित ,राजाराम न्यौपाने, राजेन्द्र तामाङ, सुशील पुरी, जनक पोखरेल, प्रवेश पाण्डे, मेनुका कार्की, मिना अर्याल, रुपचन्द्र महर्जन, रुपा निरौला , विनोद ढकाल, कमल पन्थी, भरत बुढाथोकी, उत्सव बजगाईं, रुपा घिमिरे, सुव्रत मनु, विपिन पोखरेल, मेनुका श्रेष्ठ, सुवास थापा, विनोद दंगाल,सुमित्रा लुइँटेल  र राजकुमार सिलवाल चयन भएका छन्।

तपाइँको प्रतिक्रिया ।