बुढानीलकण्ठ महोत्सवको तयारी तीब्र, विश्वकै सबैभन्दा ठूलो डमरु ल्याइँदै

बुढानीलकण्ठ महोत्सवको तयारी तीब्र, विश्वकै सबैभन्दा ठूलो डमरु ल्याइँदै

11079084_942979329054211_1211298351_n

कपन अनलाइन\०७१, चैत्र १७

नेपालको धार्मिक पर्यटनका लागि अति विख्यात बुढानीलकण्ठ मन्दिर तथा यस भेकका अन्य विषयलाई प्रबद्र्धन गर्नका लागि आगामी बैशाख १ गते बुढानीलकण्ठ महोत्सव हुने भएको छ । लिच्छवीकालमा निर्मित एउटै शिलाबाट बनेको बुढानीलकण्ठको मूर्ति तथा यससँग सम्बन्धित अनेकानेक विषयलाई उजागर गर्ने हेतुले यो महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । बुढानीलकण्ठ मन्दिर तथा यस आसपासका बिभिन्न मौलिक सांस्कृतिक स्वरुपका पहिचानलाई यस महोत्सवमा प्रस्तुत गरिनेछ । यसैगरी विश्वमै राजधानीबाट  सबैभन्दा नजिकमा रहेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्रमुख हिस्सा र यसबाट उपलब्ध हुने बिबिध पर्यटकीय तथा वातावरणीय विषयलाई पनि महोत्सवले प्राथमिकताका साथ उजागर गर्ने बुढानीलकण्ठ क्षेत्र विकास समितिका अध्यक्ष तथा आयोजक समितिका संयोजक जयराम थापाले बताए ।

कार्यक्रमका बारे जानकारी दिन आयोजना गरिएको एक पत्रकार भेटघाट कार्यक्रममा उनले यस महोत्सवका लागि विश्वकै सबैभन्दा ठूलो डमरु ल्याउन लागिएको जानकारी दिए । राजधानीभन्दा बाहिरबाट ल्याउन लागिएको यो डमरुलाई बुढानीलकण्ठ परिसरमा भित्र्याउन विशेष कार्यक्रम आयोजना गरिन लागेको पनि थापाले जानकारी दिए ।
नवनिर्मित बुढानीलकण्ठ नगरपालिकामा पर्ने बुढानीलकण्ठ मन्दिर परिसर तथा नगरपालिका भरीका अन्य सांस्कृतिक पक्षका साथ कृषि, वातावरण एवम् जैविक विविधता, साहित्य, संगीतलगायतका पक्षलाई महोत्सवमा  विशिष्ट रुपमा प्रस्तुत गरिने आयोजकले जनाएको छ । महोत्सवमा विविध पक्षलाई समेट्नका लागि  एक हजार एक सदस्यीय समिति बनाइएको छ । बैशाख १ गते गरिने महोत्सवका लागि सांस्कृति झाँकी, नेवारी बाजा, धिमे बाजा, बुद्धिष्ट बाजा, लाखे नाचको विशेष प्रस्तुति गराइने बताइएको छ । बुढानीलकण्ठ मन्दिरमा विशेष पूजासहित औपचारिक कार्यक्रमका साथमा विशेष सांगीतिक प्रस्तुति पनि आयोजना गरिनेछ । महोत्सव कार्यक्रम प्रधानमन्त्रिका हातबाट समुद्घाटन गर्ने तयारी  भैरहेको संयोजक थापाले जानकारी दिए ।
कार्यक्रम व्यवस्थित गर्नका लागि १९ वटा उप समितिहरु बनाइएको छ ।  कार्यक्रमलाई व्यवस्थित तथा प्रभावकारी बनाउन बिभिन्न उपसमितिले सम्बन्धित पक्षसँग दैनिक मिटिङ गरिरहेको कुरा पनि आयोजकले जनाएको छ । महोत्सवको मूल आयोजक बुढानीलकण्ठ क्षेत्र विकास समिति हो भने बुढानीलकण्ठ सांस्कृतिक तथा पर्यटन समिति सहआयोजक हो । कार्यक्रम सफल बनाउन बुढानीलकण्ठ नगरपालिकाले विशेष भूमिका निर्वाह गर्ने छ ।

महोत्सवका बारेमा जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रमका केही तस्वीरःतस्वीर- बसन्त गौतम)

1-11128215_955508227795456_975582577_n 1-11104076_955507757795503_686132580_n 1-11103928_955508217795457_1751833633_n 1-11087940_955507364462209_2038101119_n

तपाइँको प्रतिक्रिया ।