बुढानीलकण्ठ उपभोक्ता सहकारीको साधारण सभा सम्पन्न

बुढानीलकण्ठ उपभोक्ता सहकारीको साधारण सभा सम्पन्न

कपन अनलाइन

काठमाण्डौ , पौष २६।

बुढानीलकण्ठ उपभोक्ता सहकारी संस्थाको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । २०७८ पौष २४ गते कपन बहुमुखी क्याम्पसको प्राङ्गणमा सम्पन्न उक्त साधारण सभा संस्थाका अध्यक्ष निरञ्जन नेपालको अध्यक्षता र बागमती प्रदेश सभा सदस्य कुसुमकुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका वडानं. १० का वडा अध्यक्ष नवराज भट्टराई,  वडा नं ८ का  अध्यक्ष सुमन तामाङ बुढानीलकण्ठ नगर कार्यपालिका सदस्य संगम गहतराज, राष्ट्रिय युवा परिषदका प्रमुख प्रशासकीय अधिकृत बाबुराम ढुंगाना, कपन बहुमुखी क्याम्पसका अध्यक्ष कुमारप्रसाद ओझा लगायत अतिथि रहेका थिए  ।

२९२ जना सदस्य रहेको उक्त संस्थाले गत लक्ष्मीपूजाका दिनदेखि मार्ट संचालन गरिरहेको छ । हाल ६२ लाख ७१ हजारको कूल पूँजी रहेको संस्थाले यस आर्थिक वर्षको अन्त्यसम्म १ करोड पचास लाखको कूल पूँजी र १३ लाख २० हजार कूल संचालन मुनाफा हासिल गर्ने लक्ष्य राखेको बताइएको छ ।

संस्थाका सचिव पुरुषोत्तम नेपालका अनुसार मार्टमा सुलभ मूल्यमा अत्यावश्यक सामग्रीहरु उपलब्ध हुने, सदस्यलाई विशेष छुट दिइएको, सदस्यता कार्ड चाँडै नै उपलब्ध गराउने लक्ष्य राखिएको जानकारी उक्त साधारण सभामा दिएका छन् ।

तपाइँको प्रतिक्रिया ।