नेकपा एमाले ओखलढुंगा अधिवेसन : अध्यक्ष उम्मेदवार शंकर कटवालको प्यानल सार्वजनिक

कपन अनलाइन

काठमाण्डौ ,पौष २५।

नेकपा एमाले ओखलढुंगाको नेतृत्व चयनका लागि  निर्वाचन हुने भएको छ। आज हुने जिल्लाको नेतृत्व चयनका लागि जिल्ला अध्यक्ष पदका उम्मेदवार शंकर कटवालको प्यानल सार्वजनिक गरिएको छ।

नेकपा एमाले ओखलढुंगा जिल्ला कमिटीका निवर्तमान सचिव कटवालको प्यानलबाट उपाध्यक्षमा रंजित धमला उपाध्यक्ष पदको उम्मेदवार रहेका छन भने कमल न्यौपाने सचिव पदका उम्मेदवार रहेका छन।त्यस्तै सो प्यानलबाट उपसचिवमा केशव हरी ढुंगेल र अशोक थापाले उम्मेदवारी दिएका छन।

एमालेलाई संकटको बेला बचाउने र आगामी दिनमा शसक्त ढंगले नेतृत्व गर्ने क्षमतावान नेताहरुलाई जिल्लाको नेतृत्वमा पुर्याउनु पर्ने भन्दै यस प्यानललाई प्रदेस नं १ का पूर्वमन्त्री तथा प्रदेस क्षेत्र नं १ बाट निर्वाचित प्रदेस सभा सदस्य अम्बिर गुरुङले अपिल समेत गरेका छन।

बलियो नेकपा एमाले निर्माणका लागि आफु सर्वसम्मतिको पक्षमा रहेको बताउदै सांसद गुरुङले यदि निर्वाचन प्रक्रिया बढेमा भुगोलमा बसेर पार्टी संगठन गरेका र जनताको काममा निरन्तर लागेका नेताहरुलाई बिजयी बनाउन प्रतिनिधिहरुलाई आग्रह गरेका छन। फोटो सौजन्य : भिजनसंचार

तपाइँको प्रतिक्रिया ।