गजल : गंगा लिगल

गजल : गंगा लिगल

कपन अनलाइन

काठमाण्डौ ,पौष १४ ।

रोम रोम भिजेको माया मातृभुमिको
भावनामा डुबेको छाया मातृभुमिको ।

भावनामै प्रवाहित सौम्य प्रकृति
बिर्सन सकिन्न काया मातृभुमिको ।

चौतर्फी परिवेष्ठित हरियाली छ
सुन्दरताले परिपुर्ण साया मातृभुमिको

बिर्सिनसक्नु अद्वितीय माधुर्यता छ
अत्यन्त सुरम्य छ बायाँ मातृभुमिको ।

जहाँ बसे पनि अथाह चाह देशको
हृदयभरि अनन्त माया मातृभुमिका ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।