राष्ट्रको वन्दना : त्रिलोचन आचार्य ( कविता )

राष्ट्रको वन्दना : त्रिलोचन आचार्य ( कविता )

कपन अनलाइन

काठमाण्डौ ,पौष १४ ।

१. छन् कहाँ सम्पदा ? छन् जहाँ पाखुरा
छन् कहाँ रम्यता ? छन् जहाँ रम्यता
छन् कहाँ श्रेष्ठता ? छन् जहाँ साधना
भन्छु यै हो ठुलो राष्ट्रको वन्दना ।

२. खेत जाऊँ गरौँ काम आफ्नो सधैँ
कर्म गर्दै भरौँ धाम आफ्नो सधैँ
स्वार्थ त्यागी छरौँ स्वच्छ आराधना
मार्ग लम्की गरौँ, राष्ट्रको वन्दना ।

३. स्नेहको मूल माटो न हो देश यो
प्रेमको मूल पाटो न हो देश यो
स्वर्ग धर्ती स्वयं, हो महा–सिर्जना
शीघ्र हिँड्दै गरौँ, राष्ट्रको वन्दना ।

४. शत्रुले कुल्चने गाउँ दिन्नौँ कतै
भोकले तड्पने ठाउँ दिन्नौँ कतै
राखुँला चित्तमा खोजको तिर्सना
सिर्जनाग्राम हो, राष्ट्रको वन्दना ।

५. कर्म हो शानको राष्ट्रको वन्दना
प्रेम सम्मान हो राष्ट्रको वन्दना
मुक्तिका गीत हो राष्ट्रको वन्दना
दिव्य सङ्गीत हो राष्ट्रको वन्दना ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।