सुदुरपश्चिम प्रदेशका स्काउट मास्टरहरुलाई बिद्यादेवी भण्डारीको बधाई

सुदुरपश्चिम प्रदेशका स्काउट मास्टरहरुलाई बिद्यादेवी भण्डारीको बधाई

कपन अनलाइन

काठमाण्डौ ,पौष २१।

सम्माननीय राष्ट्रपती बिद्यादेवी भण्डारीले ककनी अन्तर्राष्ट्रिय स्काउट केन्द्र, ककनीमा बि.टी.सी, पी.टी.सी तालिम सम्पन्न गरेका सुदुरपश्चिम प्रदेशका स्काउट मास्टरहरुलाई बधाई दिएकी छन ।
सो  भेटघाट समारोहमा नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका संयोजक  लोक बहादुर भण्डारी, सदस्यहरु बिजेन्द्र ध्वजु,  शिब बहादुर भण्डारी, नेपाल स्काउट सुदुरपश्चिम प्रदेश संयोजक  नरेन्द्र थापा, नेपाल स्काउट एवम् विश्व स्काउटका कन्सल्ट्याण्ट  देवराज घिमिरे, WAGGGS Global Programmes Manager प्रेरणा शाक्य एवम् नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचौरका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

सम्माननीय राष्ट्रपतीज्यूलाई नेपाल स्काउटका राष्ट्रिय संयोजक  लोक बहादुर भण्डारीले नेपाल स्काउटको स्कार्फ प्रदान गरेको  समारोहमा  राष्ट्रिपती भण्डारीले नेपाल स्काउट बार्षिक प्रतिवेदन (२०२० – २०२१) को विमोचन गरेकी थिइन्  ।
उक्त समारोहमा बोल्दै नेपाल स्काउट राष्ट्रिय तदर्थ समिति संयोजक  भण्डारीले विश्व स्काउटको मूल्य, मान्यता एवं आदर्शलाई आत्मसात गर्दै देशभरका १३,००० सामुदायिक विद्यालयहरुमा स्काउट शिक्षा पुर्याउदै  देशका दूर दराजबाट विकृति, विसंगती हटाउने अभियानलाई तीव्रता दिन नेपाल स्काउट लागि परेको बताएका थिए  ।
नेपाल स्काउट कर्णाली प्रदेश संयोजक  नरेन्द्र थापाले आर्थिक एवम् प्राकृतिक रुपमा पिछडिएको क्षेत्र सुदुरपश्चिमबाट छाउपडी प्रथा लगायतका सामाजिक कुरिती एवम् कुसंस्कारहरु उन्मुलनका लागि प्रशिक्षित स्काउट माष्टरहरु लाग्ने र सुदुरपश्चिमलाई एउटा असल स्काउट क्षेत्रको रुपमा उभ्याउँदै नमूना स्काउट क्षेत्रको रुपमा बिकास गर्ने प्रतिवद्वता ब्यक्त गरेका थिए ।
सहभागीहरुलाई सम्बोधन गर्दै   राष्ट्रपती भण्डारीले समाज रुपान्तरणमा स्वयंसेवी संस्थाहरुको ठूलो भूमिका रहेको हुन्छ, स्काउट अनुशासन, नैतिकता एवम् आदर्शको पर्याय भएको हुँदा दीक्षित स्काउट माष्टरहरुले आँफुले सिकेका ज्ञान, सीप बालबालिकाहरुमाझ बाँड्दै समृद्ध समाज निर्माणमा लाग्नुपर्ने धारणा राखेकी थिइन् ।
पुरुष तर्फ १८१ र महिला तर्फ ७७ गरी कूल २५८ जनाले बि.टी.सी, पी.टी.सी तालिम प्राप्त गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।