केही दिनमै सिन्धुपाल्चोक एमालेमा ठूलो पहिरो जानेछ : माधव कुमार नेपाल

केही दिनमै सिन्धुपाल्चोक एमालेमा ठूलो पहिरो जानेछ : माधव कुमार नेपाल

कपन अनलाइन

काठमाण्डौ ,पौष २१।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले केही दिनमै सिन्धुपाल्चोक एमालेमा समेत ठूलो पहिरो जाने बताएका छन।

आज पार्टी केन्द्रीय कार्यालयमा पार्टी प्रवेस कार्यक्रममा  शंखरापुर नगरपालिका वडा नं २ का  वडा कमिटी सचिव सुमन लामा सहित अन्य लाई स्वागत गर्दै नेपालले सो कुरा बताएका हुन्।

लामा सहित ८ जना सदस्यहरुलाई स्वागत गर्दै अहिले साथीहरूको विद्रोहको लहर चलेर ठाउँ ठाउँबाट एमालेमा पहिरो गएको दावी गरेका थिए।

उक्त अवसरमा पार्टी अध्यक्ष नेपालले भने  ‘एमालेमा रहनुभएका साथीहरू अन्याय र अत्याचारबाट आजित हुनुभएको छ, त्यहाँ उकुसमुकुस भएर विद्रोह गर्ने लहर शुरु भएको छ ।’

तपाइँको प्रतिक्रिया ।