अपांगता भएका व्यक्तिहरुको प्रतिनिधित्वको सुनिश्चितता गर्न माग

अपांगता भएका व्यक्तिहरुको प्रतिनिधित्वको सुनिश्चितता गर्न माग

कपन अनलाइन

काठमाण्डौ ,पौष २०।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव योगेश भट्टराईले सीमान्तकृत तथा अल्पसंख्यकका समस्या सम्बोधन गर्न सधैँ तत्पर रहेको भट्टराईले बताएका छन  ।
स्थानीय तहको निर्वाचनमा अपांगता भएका व्यक्तिहरुको प्रतिनिधित्व सुनिश्चित विषयक कार्यक्रमलाई सम्वोधन गर्दै उनले  अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक सहभागिता र प्रतिनिधित्वका मुद्दाहरूलाई सम्बोधन गर्न अन्य राजनीतिक दलहरूसँग सहकार्य गर्न तत्पर रहेको बताएका हुन्  ।
नेत्रहिन युवा सङ्घद्वारा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक सहभागितालाई पूर्णरूपमा कार्यान्वयन गर्नका लागि सबै राजनीतिक दलहरूले साझा एजेण्डा बनाउनुपर्छ ताकि संवैधानिक व्यवस्थाहरू परिमार्जन गर्न सकियोस् भन्दै उहाँले विद्यमान प्रावधानलाई पार्टी संरचना र राजनीतिक प्रतिनिधित्वमा समेट्ने प्रतिबद्धता व्यक्त गरेका थिए  ।
विवेकशील साझा पार्टीका प्रवक्ता सरोजराज पाठकले आफ्नो दलमा अपाङ्गता भएका व्यक्ति कार्यकारी पदमा रहेको जानकारी दिएका थिए ।उनले   पार्टीको संरचना समावेशी भएको र अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक सहभागितालाई थप समृद्ध बनाउन अपाङ्गता अधिकारकर्मी र सरोकारवालाहरुलाई आफ्नो दलले थप छलफल गर्न चाहेको विचार व्यक्त गरे  ।
जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य प्रकाश अधिकारीले अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक सहभागिता सुनिश्चित गर्न सबै राजनीतिक दलहरूले साझा सहमति गरी संविधान संशोधन गर्नुपर्ने बताएका थिए  ।
नेपाल कम्युनिष्ट पार्टी समाजवादीका उपमहासचिव श्री जगन्नाथ खतिवडाले अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व गर्ने व्यक्तिहरूले अपाङ्गता भएका व्यक्तिहरूको लागि सक्रिय र अर्थपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेत्रहीन युवा संघका अध्यक्ष कलाधर भण्डारीले स्थानीय तहको निर्वाचनमा अपांगता भएका व्यक्तिहरुको प्रतिनिधित्वका निम्ति आरक्षणको व्यवस्था गर्नुपर्ने, राजनीतिक दलका संरचनागत तह र जनवर्गीय संघसंगठनहरुमा अपांगता भएका व्यक्तिहरुको प्रतिनिधित्वको सुनिश्चितता गनुपर्ने माग गरेका थिए  ।

तपाइँको प्रतिक्रिया ।