प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबलको उपाधि टाइम्सलाई

कपन अनलाइन

काठमाण्डौ ,पौष २०।

टाइम्सले प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगितामा सोमबार जित हात पारेको छ ।
चण्डोलस्थित विशाल मिलन केन्द्र (बिएमके) को कोर्टमा टाइम्सले बिएमकेलाई ९५–७४ ले पराजित ग¥यो । टाइम्सको जितमा मनीष केसीले २६ अंक योगदान गरे ।
दोश्रो क्वाटरमा १७–१९ को झीनो अन्तरले पछि परेको टाइम्स बाँकीमा भने अगाडि रह्यो । टाइम्सले पहिलोमा २६–१२, तेश्रोमा २७–२२ र चौथोमा २५–२१ को अग्रता लिएको थियो ।
अर्को खेलमा विराज राणाको १८ अंक सहयोगमा गोड्सले स्कल क्यान्डीलाई ६५–५० ले हरायो । चौथो तथा अन्तिम क्वाटरमा गोड्सले जितको महत्वपूर्ण आधार खडा ग¥यो । त्यसमा गोड्सले २५–९ को अग्रता बनाएको थियो । सुरुका तीन क्वाटरमा गोड्सले क्रमशः १२–१३, १२–२१ र १६–१५ को प्रदर्शन ग¥यो । गोड्स र स्कलले समान २–२ खेल खेलेका छन् । दुवैले समान १–१ जित÷हार आत्मासात् गरेका छन् । अघिल्लो दिन आइतबार गोड्स रोयल बास्केबलसंग पराजित भएको थियो भने स्कलले क्याम्पियनलाई हराएको थियो ।
शिव सेना नेपाल, ललितपुरको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत मंगलबार ३ खेल हुने छ । बिएमके र कीर्तिपुर बास्केटबल, टाइम्स र गोल्डेनगेट तथा रोयल र क्याम्पियनबीच खेल हुने छ ।

तपाइँको प्रतिक्रिया ।