यस्तो छ आजको मौसम पूर्वानुमान : काठमाडौंमा बिहानै कुहिरो

यस्तो छ आजको मौसम पूर्वानुमान : काठमाडौंमा बिहानै  कुहिरो

कपन अनलाइन

काठमाण्डौ ,पौष २०।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरुमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज काठमाडौंमा बिहान कुहिरो लागेको छ । बिहान ६ बजे  चार हजार भिजिविलिटी रहेको छ । २५ सयभन्दा कम भिजिबिलिटी भयो भने जहाज उडान तथा अवतरणमा अवरोध हुने सम्भावना हुन्छ ।

काठमाडौंमा आज बिहान ५ डिग्री सेल्सियस तापक्रम रहेको छ । बिहान ६ बजे ५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको र दिउँसो १६ देखि १८ डिग्रीसम्म पुग्ने मौसमविद् बरुण पौडेलले जानकारी दिए । उनका अनुसार काठमाडौंको मौसम आज बदली हुनेछ ।

तपाइँको प्रतिक्रिया ।