ओखलढुङ्गा मिसन अस्पतालका चिकित्सकले महिलाको पाठेघरमा छोडे कैंंची र कपडा

ओखलढुङ्गा मिसन अस्पतालका चिकित्सकले महिलाको पाठेघरमा छोडे कैंंची र कपडा

ओखलढुङ्गा, १६ चैत । ओखलढुङ्गा सामुदायिक मिसन अस्पतालका चिकित्सकले एक बिरामी माथि चरम लापरबाही गरेका छन् ।
चिकित्सकले तलुवा–४ घर भएकी २४ वर्षीया रञ्जना राईको पाठेघरमा एक महिनाभन्दा बढी समयसम्म कैंची र कपडा छोडेका हुन् ।
तीन महिनाकी गर्भवती रञ्जनाको रक्तस्राव भएपछि गत फागुन ४ गते अस्पताल भर्ना हुनु भएको थियो । चिकित्सकको सल्लाह बमोजिम उहाँको फागुन ५ गते गर्भपतन गराइएको थियो । गर्भपतनको क्रममा पाठेघर सफा गर्न खटिएका चिकित्सकको टोलीले पाठेघरभित्रै कपडा र कैंची छोडेको बिरामीले बताउनुभयो ।

doctor1
उहाँकाअनुसार दोस्रो पटक अस्पताल आउ“दा पुनः पाठेघरबाट कैंची निकालेपनि लुकाइएको थियो । पहिलो गर्भ भएकाले राम्रोस“ग जानकारी नभएको उहाँले बताउनुभयो ।
अचानक रक्तस्राव र दुखाई हुन थालेपछि उहाँ अस्पताल आउनुभएको थियो । चिकित्सककै सल्लाहअनुसार उनको पाठेघर सफा गरियो । करिब पा“च दिनको अस्पताल बसाइपछि उहाँलाई घर पठाइयो तर पेटभित्र घोच्ने र पोल्ने पीडा कम भएन । निरन्तर रक्तस्राव भइरह्यो । खाना खान र शौचालय जानसमेत गाह्रो भइरह्योे । अस्पतालबाट घर पुगेको पा“च दिनमा पिसाब फेर्र्ने क्रममा उनको पाठेघरबाट आन्द्राजस्तो चिज निस्कियो । अत्तालिएर अस्पतालमा फोन गर्दा नजिकैको स्वास्थ्य चौकी जान सल्लाह दिए । तत्काल थाक्ले स्वास्थ्य चौकी गई उनको उपचार गरियो । त्यो आन्द्रा नभएर कपडाको टुक्रा थियो ।
त्यसपछि निरन्तर दुखाई र रक्तस्राव रोकिएन । रञ्जना पुनः मिसन अस्पताल नै पुग्नुभयो । अस्पतालका नर्सहरुले पाठेघरभित्र हात लगाए । एउटा सामान छोडिएको रहेछ भन्दै कैंची निकालेर फाले । औषधिको साथमा रञ्जनालाई घर पठाइयो । तर दुखाइ कम भएन । सेतो पानी र रगत बराबर बगिरह्यो । घाउको दुर्गन्धले खाना खानसमेत नसक्ने अवस्था भयो ।
त्यसैबीचमा गत शुक्रबार पिसाब फेर्ने क्रममा पुनः अर्को कपडाको टुक्रा निस्कियो । लगत्तै रञ्जना शनिबार अस्पताल भर्ना हुनु भएको छ ।
२९ नम्बर शय्यामा भर्ना भएकी रञ्जनालाई आइतबार २३ नम्बर शय्यामा सारिएको छ । कम्तिमा पा“च पटकसम्म उनको पाठेघरमा हात हाल्ने काम भएको छ । औषधि सेवनले रक्तस्राव केही रोकिएपनि पूर्ण रुपमा रोकिएको छैन । उहाँले यसअघि कही“कतै उपचार नगराएको बताउनुभयो ।
“यहा“ उपचार गरेपछि लगातार यस्तो समस्या देखियो”– बिरामीका आफन्तले भने, “अस्पताल र चिकित्सकले चरम लापरबाही ग¥यो, अस्पतालले घटनालाई सक्दो ढाकछोप गर्ने प्रयत्न गरेको छ ।”
मेडिकल तथा नर्सिङ सुपरिटेन्डेन्टले नै यस विषयमा आफूलाई केही जानकारी नभएको बताए । अस्पतालका निर्देशक टुकबहादुर हरिजनले समेत आफूले यससम्बन्धी सूचना नै नपाएको बताउनुभयो ।
रञ्जनाको शुरुवाति उपचार गर्नेमा डा पुरुषोत्तम लेखिएको हस्ताक्षर छ । उक्त चिकित्सक बिपी कोइराला मेमोरियल अस्पताल धरानका विद्यार्थी रहेको र उनी फर्केको १५ दिन बितिसकेको अस्पतालले जनाएको छ । दिपेन्द्र रुम्दाली, रासस

तपाइँको प्रतिक्रिया ।