बाघ बछ्ला बहुउद्देश्यीय सहकारीको १५ औं वार्षिक साधारण सभा सम्पन्न

बाघ बछ्ला बहुउद्देश्यीय सहकारीको १५ औं वार्षिक साधारण सभा सम्पन्न

कपन अनलाइन

काठमाडौँ, पौष १९   । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व युवा तथा खेलकुद मन्त्री माननीय राजेन्द्र कुमार केसी राजनले सहकारीको एकीकृत पुँजी लाई कृषि ,उद्योग धन्दा र पर्यटन विकासमा लगानी गर्न सकिए आर्थिक समृद्धी हासिल गर्न सकिने बताएका छन् । चन्द्रागिरी नगरपालिका–२ मा रहेको बाघ बछ्ला बहुउद्देश्यीय सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभामा बाेल्दै पुर्व मन्त्री केसीले बिकास र समृद्धिको लागि सहकारिको भूमिका अपरिहार्य रहेको धारणा राख्दै सहकारी अभियानकै कारण समग्र महिलाहरुको ससक्तिकरणमा टेवा पुगेको बताएका हुन् ।

केसीले भने,”सामाजिक सद्भाव मेलमिलाप सहकारीका माध्यम बाट हुने हुदा समाजमा तल परेका बर्ग समुदायकाे उठान लागि जाेड दिन अावश्यक छ ।” सहकारीले हरेक गतिविधि बजार हेरेर राेजगार,उत्पादन र श्रम उद्योग संग जाेड्नु पर्ने उनले औलाए । ‘सिद्धांत र व्यवहार दुबै रुपले सहकारी’ भन्ने नाराका साथ सम्पन्न साधारण सभामा वोल्दै तरूण दल काठमाडौं क्षेत्र नम्बरका अध्यक्ष ईश्वर लामाले सहकारीले समुदायमा छरिएको पैसालाई एकिकृत गरी सदस्यहरुको समस्या समाधान गर्नुका साथै बैंकहरुको झञ्झटिलो प्रकृयाबाट मुक्त गरी सहजै बित्तीय सेवा प्रदान गरेकोमा प्रशंसा गरे । उनले सहकारी मार्फत संकलित पूँजीलाई कृषि व्यापार, व्यवसाय, पर्यटन जस्ता क्षेत्रमा जोड्न सके त्यसले सदस्यहरुलाई पनि मालिक बनाउने बताए ।

सभामा संस्थाका अध्यक्ष तेज बहादुर भूर्तेलले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए । सदस्यहरुको स–सानो पूँजीलाई दैनिक रुपमा बचत गराउँने र बचत भएको पूँजीलाई सदस्यहरुकै हितका लागि लगानी गर्ने निकाय सहकारी भएको उनले जनाए । सहकारी क्षेत्रलाई राज्यले समेत प्राथमिकता दिइ अर्थतन्त्रको ३ मध्ये एक खम्बाको रुपमा अघि सारेकाले सहकारीहरुले देश निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने अध्यक्ष भूर्तेलले प्रष्टाए । संस्थाका सचिव अधिवक्ता उद्धव पोखरेलले संस्थाको बार्षिक सभाको लागि बिभिन्न प्रस्तावहरु छलफल तथा पेश गर्दै सो प्रस्तावहरु सर्व सहमतिले अनुमोदन तथा पारित भएको थियो । गत आवको नाफाबाट संस्थाले सदस्यहरुलाई लाभांश दिने भएको छ ।

संस्थाकी व्यवस्थापक विमला पाेखरेलले नेपाल जस्तो न्यून अार्थिक वृद्धिदर भएकाे मुलुकमा गरिबी न्युनीकरणकाे औजारकाे रूपमा सहकारी रहेकाे चर्चा गरिन । उनले संस्थाले घरायसी, लघु, हायरपर्चेज, मुद्दती , व्यवसायिक र छोटो अवधीका लागि कर्जा लगानी गर्दै आएको जानकारी दिईन । सभामा उत्कृष्ट सदस्यलाई सम्मानपत्र, आवधीक बचतकर्ता, उत्कृष्ट निक्षेपकर्ता, जष्ठनागरिक सम्मान समेत गरेको थियो । कार्यक्रममा सामुदायिक विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार २ जना छात्रछात्रालाई दिदैं आएको शैक्षिक वृत्तिलाई निरन्तरता दिदैँ यो बर्ष चण्डी भैरब माध्यमिकका बिद्यालयका विद्यार्थीलाई प्रदान गरेको छ । संस्थाकाे बार्षक साधारणसभाले नयाँ नेतृत्व समेत चयन गरेकाे छ । संस्थाकाे अध्यक्षमा पुन तेज बहादुर भुर्तेल,उपाध्यक्षमा मनाेज घिमिरे,सचिवमा उद्धव पाेखरेल,काेषाध्यक्षमा श्रीराम कार्की र सदस्यहरूमा सुदिप पाेखरेल,नारायण कुँवर मनाेज कुमार शर्मा चयन भएका छन् भने लेखा समित संयाेजकमा ध्रुव बहादुर कडायत लेखा सदस्यमा राजेन्द्र काेईरालाई चयन भएका थिए ।

तपाइँको प्रतिक्रिया ।