माघ १ गते हुने तारेभिर महोत्सवको “इतिहास” मेटिने खतरा

माघ १ गते हुने तारेभिर महोत्सवको “इतिहास” मेटिने खतरा

कपन अनलाइन
काठमाडौं,पौष १९। काठमाण्डौ उपत्यकाको उत्तरी पर्वत शृंखला शिवपुरीको काखमा रहेको तारेभिरमा हरेक वर्ष माघ १ गतेका दिन तारेभिर महोत्सव हुदै आएको छ।

पहिलो महोत्सव गर्दा निकै यातायात र सुविधाका हिसावले निकै विकट तर प्राकृतिक सुन्दरता र पर्यटकीय पक्षमा निकै सुन्दर रहेको तारेभिर क्षेत्र अहिले निकै फेरिएको छ।

सडक पूर्वाधारको विकास संगै सो क्षेत्रमा अहिले आर्थिक गतिविधि निकै बढेको छ भने आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढ्दै गएको छ।

शिवपुरी – नागार्जुन रास्ट्रीय निकुन्ज संग जोडिएको तारेभिर क्षेत्रका स्थानीयहरुको सक्रियता र सहभागितामा हरेक वर्ष टोखाको चाकु ल्याएर माघ १ गते घ्यु चाकु दिवसका रुपमा मनाइदै आएको महोत्सव यस वर्ष भने माघ ८ र ९ गते गर्ने वारे छलफल भएको छ।

गोकर्णेश्वर नगरपालिकाको तारेभिर क्षेत्रमा राजनीतिक,सामाजिक र सांस्कृतिक प्रवर्धनको अभियानमा सक्रिय रहेका हर्क बहादुर तामाङ्गले आफ्नो सामाजिक संजालमा फोटो राख्दै माघ ८ र ९ गते महिला समुहको व्यवस्थापनमा महोत्सव हुने जानकारी दिए संगै अहिले तारेभिर महोत्सवको मिति वारे व्यापक बहस शुरु भएको छ।

माघ १ गते घ्यु चाकु खान तारेभिर जाउ भन्ने नारा बनाइदै आएको सो महोत्सवको माघ १ गतेको पहिचान र परिचित दिन भने यस पटक परिवर्तन हुने भएको हो। माघ १ गते भन्ने वितिक्कै तारेभिर महोत्सव सम्झने तारेभिरप्रेमीहरुलाई  भने मिति सार्ने निर्णयले दुखि बनाएको एक स्थानीयले बताएका छन।

माघ १ गते तारेभिर महोत्सवको सबैभन्दा दरिलो पहिचान र प्रचार भएको भन्दै त्यसलाई कायम राख्नुपर्ने भन्दै उनले आयोजक र परिकल्पनाकारहरुलाई पुनर्विचारका लागि आग्रह समेत गरेका छन।

तपाइँको प्रतिक्रिया ।