शक्ति समुहलाई  कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको पुरस्कार

शक्ति समुहलाई  कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको पुरस्कार
कपन अनलाइन
काठमाडौं, पौष  १८।

शक्ति समुहलाई  कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले पुरस्कार प्रदान गरेको छ। मानव बेचबिखन र आधुनिक दासताका क्षेत्रमा लामो समय देखि क्रियाशील रहेको शक्ति समुहले  एक लाख ११ हजार एक सय ११ रूपैयाँ र प्रमाणपत्र प्राप्त गरेको छ।

नेपाल पर्यटन बोर्डको सभा हलमा आयोजना गरिएको औपचारिक समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले संस्थातर्फ काठमाडौंको शक्ति समूह र व्यक्तितर्फ शुद्धोधन गाउँपालिका-६ कपिलवस्तुका अधिवक्ता शैलेन्द्रप्रसाद हरिजनलाई पुरस्कार हस्तान्तरण गरेका थिए ।

मानव बेच बिखन र आधुनिक दासताका विषयमा निरन्तर आवाज उठाउदै आएको संस्थालाई मन्त्रालयले पुरस्कार प्रदान गर्नु निकै खुसीको कुरा रहेको भन्दै अध्यक्ष चरिमाया तामाङ्गले यसले आगामी दिनमा थप सक्रिय बन्न प्रेरित गरेको बताएकी छन।

 

तपाइँको प्रतिक्रिया ।