रोयल र स्कलको विजयी सुरुआत

रोयल र स्कलको विजयी सुरुआत

कपन अनलाइन
काठमाडौं, पौष  १९  ।
रोयल बास्केटबल र स्कल क्यान्डीले प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेका छन् ।
शिव सेना नेपाल, ललितपुरद्वारा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा रोयलले गोड्सलाई ५८–३३ ले पराजित ग¥यो । रोयलका रवि पौडेलले १३ अंक जोडे ।
रोयलले चारै क्वाटरमा अग्रता बनायो । रोयलले पहिलोमा १२–२, दोश्रोमा १२–८ र तेश्रानेमा १२–११ को अग्रता लियो । चौथो तथा अन्तिम क्वाटरमा रोयलले २२–१२ स्कोर गर्दै जित अन्तरलाई फराकिलो बनायो ।
चण्डोलस्थित विशाल मिलन केन्द्र (बिएमके) को कोर्टमा स्कलले क्याम्पियनलाई ५९–५७ को झीनो अन्तरले हरायो । विजयी टिमका लागि सुजनले १५ स्कोर गरे ।
तेश्रो क्वाटरको समाप्तिसम्म स्कल ३३–३९ ले पछि थियो । चौथो क्वाटर २६–१८ ले आफ्नो पक्षमा पार्दै स्कलले जित सुनिश्चित ग¥यो । त्यसअघि स्कलले पहिलोमा ११–१३, दोश्रोमा १३–१२ र तेश्रोमा ९–१४ को प्रदर्शन गरेको थियो ।
प्रतियोगिताको शिव सेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बाबा बस्नेतले निर्णायक सागर श्रेष्ठलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी उद्घाटन गरे । लिग कम नकआउट प्रतियोगितामा ८ टिमको सहभागिता रहेको आयोजक शिव सेना नेपाल, ललितपुरका अध्यक्ष रविन्द्र अवालेले जनाएका छन् ।
विजेताले १ लाख तथा उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १० हजार नगदबाट पुरस्कृत गरिने छ । प्रतियोगिताअन्तर्गत सोमबार बिएमके र टाइम्स तथा गोड्स र स्कल क्यान्डीबीच खेल हुने छ ।

तपाइँको प्रतिक्रिया ।